0 COMMENTS

काठमाडौं, २७ भदौ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई छिमेकी मुलुक चीनले भ्रमणका लागि निमन्त्रणा गरेको छ । गणतन्त्र स्थापनापछि पूर्वराजा शाहलाई छिमेकी मुलुक चीनले पहिलोपटक भ्रमणका लागि औपचारिक निमन्त्रणा गरेको हो ।

तर भ्रमणको मिति भने निश्चित भइसकेको छैन । पूर्वराजाको तर्फबाट कुनै सक्रियता पनि लिइएको छैन ।पूर्वराजा शाह आगामी असोजको तेस्रो साता सिंगापुर भ्रमणको तयारीमा थिए । निर्मल निवास स्रोतका अनुसार ‘उनी सिंगापुरको काम सकेर चीन भ्रमणमा जाने वा चीन भ्रमणपछि उतैबाट सिंगापुर जाने भन्ने समयतालिका निक्र्योल भइसकेको छैन,’ दरबार निकट स्रोतले भन्यो ।

चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको सम्भावना नजिकिएकै बेला पूर्वराजा शाहलाई आमन्त्रण गरिनु रहस्यमय मानिएको छ । चीन सरकार र नेपालको राजतन्त्रबीच निकै पुरानो सम्बन्ध थियो । तरुण साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।