0 COMMENTS

sexयौनसम्पर्क गरेलगत्तै वा गर्नुभन्दा पहिला नै वीर्य स्खलन भएमा त्यसलाई शिघ्रपतन भनिन्छ । यसको ९५ प्रतिशत कारण भनेको मानसिक समस्या हो । यौनसम्पर्क गर्दा के हुने होला ? मैले सन्तुष्टि दिन सकिन भने के हुने होला ? मेरो छिट्टै वीर्यस्खलन भईहाल्छ होला, बच्च पेटमा आएमा के गर्ने होला भन्ने खालको सानोसानो कुराहरुले पनि शिघ्रपतनलाई सघाईराखेको हुन्छ । सबैभन्दा पहिलो कुरा मानसिक रुपमा चिन्ता नगर्ने, दुईजना यौनसाथीहरुबीचमा सहज ढङ्गले यौनसम्बन्धी कुराहरु गरेमा मात्र यसको समाधान केही सहजता आउनसक्छ । अर्को बुझ्नैपर्ने कुरा के हो भने पहिलोपटक यौनसम्पर्क गर्दा सबैलाई शिघ्रपतन हुन्छ । तर शिघ्रपतनको समस्या यौनसम्पर्क गर्दै जाँदा बिस्तारै ठिक हुदैँ जान्छ । त्यसकारण ९५ प्रतिशत कारण मानसिक समस्या नै हो अरु ५ प्रतिशत कारण भनेको संक्रमण वा अन्य कुनै समस्याले गर्दा पनि हुनसक्ने संभावना हुन्छ ।

लामो समयसम्म हस्तमैथुन नगरेको, लामोसमयसम्म यौनसम्पर्क नगरेको तर यौनसम्पर्क गर्न मन लागेको ब्यक्तिलाई पनि शिघ्रस्खलनको समस्या आउन सक्छ । यसलाई कम गर्नको लागी हस्तमैथुन गर्न सकिन्छ, त्यसैगरि अर्को उपाय भनेको यौनसाथीले गर्ने सहयोग हो । यौनसम्पर्क गदैजाँदा जव स्खलन हुन लाग्छ तव योनीबाट लिङ्ग निकालेर यौनसाथीले लिङ्गलाई च्याप्प समात्ने, एकछिन समातेपछि फेरी यौनसम्पर्क गर्ने, यो उपायलाई यौनसम्पर्क गर्दा अपनाउँदै गएमा बिस्तारै शिघ्रस्खलनको समस्या घटेर जान्छ । तर सबैकुराको पछाडी मानसिक समस्या नै हो । मानसिक तनावबाट मुक्त रहनुभयो भने शिघ्रपतनको समस्या बिस्तारै समाधान हुदैँ जानेछ ।
डाक्टर खेम कार्की

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।