0 COMMENTS

काठमाडौं, २६ भदौ । मानव बलि दिए धन र शक्ति आर्जन हुने अन्धविश्वामा ढोगी तानित्रकको पछि लाग्नेहरुले राजधानीमै मानव खप्पर र हाडखोर किन्ने गरेको खुलेको छ ।

स्वयम्भूमा गत वर्ष मानव बलि दिने प्रयास गरेको घटनामा पक्राउ परेकाको बयानबाट राजधानीमै मानव खप्पर र हाडखोर किनबेच भइरहको पाइएको हो ।

उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भारतीय तान्त्रिक भनिने कानु पहरीसहित आठ जनालाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ ।

प्रहरीका अनुसार प्रहरीसहित दुई जनाले राजधानीको मित्रपार्कस्थित एक जडीबुटी पसलबाट १९ हजार रुपैयाँमा मानव खप्पर खरिद गरेको बयान दिएका छन् । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।