0 COMMENTS
dipa
दिपा बडाल

तिमीले बुझ्ने गरे जस्तो म पक्कै होइन म समानताको समाज चाहन्छु नारी प्रधान पनि होइन त्यसैले त भन्ने गर्छु तिमि र म मा फरक छ तिमि पुरुष प्रधान हुन पर्छ भन्छौ म होइन समानता भन्ने गर्छु तिमि पुरुष त कहिले नबिग्रने शुद्ध हुन्छ भन्छौ म बलात्कारी पुरुष लाई बेस्याको नामाकरणहोस भन्नि चाहान्छु तिमि बलात्कृत नारीको इज्जत गयो भन्छौ म ति नारी लाई हिर्दय भित्र स्थान दिन्छु तिमि बिधुवा लाई बाटोमा देखे साइत पर्दैन भन्छौ म एकल महिला हरुको सदै साथ रहन चाहन्छु ।

ए बलात्कारि पुरुष ! इज्जत गर्न सिक तिम्रो जन्म अस्तित्व द्वारको जस्ले यो धर्तिमा पदार्पण गरायो । नारी को कोख हो तिम्रो पहिलो घर लाग्दैन किन तिमिलाइ पापको डर ? त्यस्तो दिन नाआओस कहिले आफ्नो कोख प्रती पस्चाताप गर्नु नपरोस ! झाकी हेर दिलमा सोची हेर मस्तिस्कमा नारी तिम्रो जननी हो तिम्रो अस्तित्वदाता हो नारी सारा धर्ती हो । नकुल्च जथाभावी नारी शरीर पासबिक आहतमा दुख्न चाहान्न अब नारी तिम्रो बंश धान्ने बाहनामा बारम्बार मृत्युको मुखमा पर्न चाहान्न अब नारी तिमि लाई छुदैन होला त्यो पीडाले जुन पिडा ले मलाई छुने गर्छ अचानो को पिडा खुकुरी ले कहाँ बुझ्न सक्छ त्यसैले हो तिमीलाई नारीका कुरा मननपर्ने त्यसैले तिमि भन्ने गर्छौ नारी बादी हरु हुन् समाज बिगार्ने त्यो अचानो मा लागेको चोट हेर्दा केहि छैन होला तर एकपटक सोच त उनलार्इ त्यो खुकुरी देखि किन नफरत हुन्छ होला ? हो पुरुष मासुको चोक्टा होला खुकुरी ले उसलाई पनि रेटछ तर समाज खुकुरी हो जसले नारीलाई अचानो बनाएको छ हिंशात्मक प्रवृत्ति भएका ए पुरुष ! नसम्झ नारी तिम्रो दासी हुन नसम्झ नारी पाइतालाको धुलो हुन । हेर्न छोड हेयले नारिलाइ खुट्टा भए जुत्ता कति कति भन्न छोड अब नारिलाइ ।

पाउनु पर्छ अब दासताबाट मुक्ती निर्मुल हुनु पर्छ अब नारी हिंसा प्रवृत्ति । हिंसात्मक प्रवृत्ति भएका ए पापी पुरुष ! नहेर पापि भै नारी स्तन जस्ले तिम्रो भोक मेटायो नहेर प्यासी भै नारी ओठ जस्ले तिमिलाइ बोल्न सिकायो । एकान्तमा जब देख्छौ एक्लि नारी ।। नहेर कुदृस्टिले नहान फोहोरी शब्द छिर्काहरुले नगर नारी अस्मिताको अपमान भालेजाति धेरै बासिसके अब नारी जाग्नु पर्छ तिम्रो एक्लौटि समाज अब नारीले तोड्नु पर्छ धाक , धम्कि छोड अब तिम्रो शासन धेरै भयो अब तिम्रो सत्ता लाई नारीले कब्जा गर्नु पर्छ अन्यायको पराकास्ट नागी सक्यो यो समाजमा अब सहने छैन दमन समाजको विभेदमा नारी पुरुष दुबैका लागि एउटै सस्कार दिने गर पुरुषलाई लाई स्वतान्त्रता दिन सक्ने समाजले नारिलाईपनि समान स्वतन्त्रता दिने गर । ए पापी पुरुष कुनै पनि कानुनले हटाउदैन यो कुरिती कुनै पनि शक्तिले मेटाउदैन यो कुथिती !! जब तिमीले जब सोच्छौ पाप हो यो भनी स्वतस्फूर्त हट्नेछ घरेलु हिंसा सडक अनी गल्लिमा हुने हिंसा पेशागत हिंसा । ए पुरुष ! तिमिले नै अठोट लिनु पर्छ नारीले स्वतन्त्रताका साथ खुल्ला आकाशमा उडान भर्न सकुन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।