0 COMMENTS

een-revealedकतिपय मानिसहरु आफ्नो लिंगको आकार सानो भएर खिन्नता प्रकट गरिरहेका हुन्छन् । जसका कारण उनीहरु विभिन्न आकर्षक विज्ञापनहरुको प्रभावमा पनि पर्ने गर्दछ ।

तर, त्यस्ता विज्ञापनको प्रभावमा परेर आफ्नो लिंगको लम्बाई बढाउने वा उत्तेजना बढाउने चक्करमा कुनै किसिमका औषधि सेवन गर्नुहुँदैन । यसले फाइदाभन्दा पनि हानी धेरै पु¥याउन सक्छ ।

हरेक पुरुषहरुमा लिंगको आकार फरक–फरक हुन्छ । यौन सन्तुष्टि, गर्भाधारण तथा यौन क्षमतामा लिंगको आकार सानो हुनुले कुनै फरक पार्दैन ।

वास्तवमा भन्नुपर्दा स्त्रीहरुको यौनीको माथिल्लो भाग यौन स्पर्शका लागि अति संवेदनशिल मानिन्छ । तसर्थ उत्तेजित अवस्थामा लिंगको लम्बाई २ से.मी मात्र भएपनि आफ्ना यौनसाथीलाई पर्याप्त यौन आनन्द प्रदान गर्न सकिन्छ ।

यदि आफ्ना लिंगको आकार सानो भएर चिन्तित हुनुहुन्छ भने केही प्राकृतिक उपायहरु अपनाएर लिंगको आकार बढाउन सकिन्छ ।

तनाव कम गर्नु

निराश वा तनावका कारण लिंगको आकार घट्ने गर्दछ । किनकी तनाव भएको अवस्थामा लिंगमा रगत सञ्चार हुनसक्दैन । जसले लिंगको आकार नबढ्ने समस्या सिर्जना हुन्छ ।

धुम्रपान नगर्नु

धुम्रपानले हाम्रो शरीरका विभिन्न रक्तकोषलाई बन्द गर्दछ । जसका कारण शरीरको सबै भागमा रक्तसञ्चार नहुँदा शरीरका अँगहरुको ठिक तरिकाले विकास हुँदैन । त्यसैले धुम्रपान पनि लिंगको आकार बढ्न नदिनुका प्रमुख कारण हो ।

नियमित शारीरिक अभ्यास

बलियो शरीर र आफ्नो तौल बढाउन मात्र जिम जाने गरिन्छ । तर आफ्नो लिंगको आकार बढाउन पनि जिम उपयोगी भएको एक अध्ययनले देखाएको छ । जिम गर्दा रक्तसञ्चार सहि ढँगले काम गर्दछ ।

पेटको बोसो कम गर्ने

पेटमा बोसो नलाग्ने किसिमका हरियो साग, तरकारी खाने गर्नुपर्छ । यसले शरीरमा पोषणहरु प्राप्त हुन्छ । जसले गर्दा लिंगको आकार बढ्न मद्दत पुग्छ ।

ध्यान गरौं

आफ्नो यौन जीवनलाई राम्रो बनाउन ध्यान र योग गर्ने गर्नुपर्छ । ध्यान र योगले यौन उर्जा पनि प्राप्त हुन्छ । जसले उत्तेजना हुने शक्ति कहिल्यै घट्दैन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।