0 COMMENTS

भक्तपुर,२४,भाद्र/भक्तपुरको सानोठिमीस्थित तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको निवासमा डकैती भएको छ ।
शुक्रबार साँझ ७ बजेर २५ मिनेटमा नकावधारी एक व्यक्तिले ठाकुरकी छोरी डा. मीनाक्षी र घरमा काम गर्ने कामदार रमेश यादवलाई नियन्त्रणमा लिएर लुटपाट गरेका भक्तपुर प्रहरी प्रमुख एसपी किरण बज्राचार्यले जानकारी दिइन् ।प्रतिकारमा डा. मीनाक्षी घाइते भएकी छन् । छुरा प्रहारबाट उनको टाउको र हातमा चोट लागेको छ । उनलाई उपचारका लागि एभरेस्ट अस्पताल भर्ना गरिएको थियो । अहिले एमआरआईका लागि ग्रान्डी अस्पताल लगिएको छ ।
प्रहरीका अनुसार लुटेराले एउटा ब्रिफकेस लिएर भागेका छन् । अध्यक्ष ठाकुर भने प्रधानमन्त्री निवास बालुवाटारमा बैठकमा थिए । बैठक बसिरहेकाबेला नै घटनाको सूचना पाएपछि उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिसँगै एउटै गाडीमा अस्पताल पुगेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।