0 COMMENTS

parasकाठमाडौं २४ भदौ–पछिल्लो समय तीर्थब्रतमा लागेका पूर्वयुवराज पारस शाहले  कुलदेवी माता दक्षिणकालीकाे विधिवत   विशेष पूजाअर्चना गरेका छन् । पूर्वयुवराज्ञी हिमानीले सोही स्थानमा पूजा गरेको एक महिनापछि पारसले पनि बिहिवार पूजा गरेका हुन् । दाह्री कपाल पालेका र ‘गेरुवस्त्र’ लगाएका पारसले दक्षिणकालीमा पूजागर्दा सँगै रहेका एक व्यक्ति मन्दिर अगाडी कामीरहेका थिए भने अर्का एक साधुसन्तझैँ देखिने व्यक्ति पारसको नजिकै उभिएका थिए ।पूर्वयुवराज पारसशाहाकाे स्थानीयबाट  भव्य स्वागत भएको थिए।

त्यस्तै मन्दिर जाने क्रममकै  पारसले चोभारको जलविनायक मन्दिरमा प्रसाद ग्रहण गरेका थिए । पूर्वयुवराज दक्षिणकाली जाँदा स्थानियवासीको मन्दिरमा भीड लागेको थियो । यसअघि पारस सुदुरपश्चिमको खण्डत क्षेत्रमा जोगीहरुका साथमा देखिएका थिए । लामो समय थाइल्याण्ड बसेर गतवर्ष नेपाल आएका पारस पछिल्लो समय धर्मकर्ममा आकर्षित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।