0 COMMENTS

कास्की ,२४ भदौ / स्वास्थ्यमन्त्री गगन थापाले  स्थानीय तहको निर्वाचन  चैत्र महिनामा हुने निश्चित रहेको बताएका छन् । विपी कोइरालाको १०२ औं जन्मजयन्तीको अवसरमा नेपाली काँग्रेस कास्कीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निर्वाचनका लागि सरकारले विधेयक बनाएर व्यवस्थापिका–संसद्मा पेस गरेको जानकारी गराए ।

स्थानीय तहमा गाउँपालिका र नगरपालिका ७ सय देखि ७ सय ५० सम्मको हाराहारीमा बनाउन उपयुक्त हुने धारणा राख्दै मन्त्री थापाले तर यसको निधो गर्न केही समय लाग्ने बताए । नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री थापाले अब चुनाव हुन्छ कि हुदैन भने अलमलमा नपरी तयारी अवस्थामा रहन नेपाली काँग्रेस  पार्टी कार्यकर्तालाई आग्रह गर्नुभयो ।

देशका विशिष्ट व्यक्ति र सर्वसाधारण नेपाली जनताको अधिकार समान भएको बताउँदै स्वास्थ्यमन्त्री थापाले विशिष्ट व्यक्तिले सामान्य उपचारका लागि विदेश जान राज्यकोषबाट पैसा पाउने तर दीनदुःखी उपचारै गर्न नसकी मर्ने स्थितिको अन्त्य गर्न आपूm लागिपर्ने बताए ।

कार्यक्रममा पूर्व सभामुख तारानाथ रानाभाटले विपीले देखाएको बाटोमा हिँड्न सकिएमा मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जलि गरेको ठहरिने विचार व्यक्त गरे । यसैबीच मन्त्री थापाले आजै पोखराको फूलबारीमा रहेको मनिपाल शिक्षण अस्पतालको पनि निरीक्षण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।