0 COMMENTS

बैतडी, भदौ २४ /सरकारले भाषा आयोगको अध्यक्षमा नियुक्त गरेका डा लवदेव अवस्थी बैतडीको शङ्करपुर–६ मा बुबा अम्बादत्त अवस्थी र आमा गङ्गावतीदेवी अवस्थीको कोखबाट २०१५ सालमा जन्मेका हुन् । डा अवस्थी हाल नेपाल सरकारको सचिव पदमा काम गरिरहेका छन् ।

उनले आधारभूत शिक्षा भने शङ्करपुरमा रहेको शङ्कर संस्कृत उच्च मावि मूलखटालीबाट ग्रहण गर्नुभएको थियो । गत महिना मात्रै सरकारले उहाँलाई सचिवमा बढुवा गरेर मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय हेटौँडामा पठाएको थियो । भाषा आयोगको अध्यक्षमा नियुक्त भइसकेपछि अध्यक्ष अवस्थीले रासससँग कुराकानी गर्दै आफू सरकारले तोकेको जिम्मेवारी पूरा गर्न तयार रहेको बताए ।

संविधानले भाषा आयोगलाई मुख्यतः चारओटा काम तोकेकाले आफ्नो कार्यकालमा ती काम कुशलतापूर्वक सम्पन्न गर्ने उनले बताए । भाषा आयोगले सरकारी कामकाजको भाषाको विषयमा सरकारलाई सिफारिस गर्नेछ भने भाषाको विकास र विस्तारका लागि पहल गर्ने छ । यस्तै, विश्वविद्यालयहरुमा पठनपाठनको भाषाको विषयमा पनि आयोगले काम गर्ने अध्यक्ष अवस्थीले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।