0 COMMENTS

14202659_1132063496842411_2923441697875949738_n

14212721_1132063536842407_4969943173562979586_nसंखुवासभा,२३भाद्र/ रुद्राक्ष उत्पादनको मध्य समयमा यसै साता मात्र तीन वटा बहुमुल्य रुद्राक्ष बिक्री भयो । आजसम्मकै उत्कृष्ट २१ मुखे मुखद्धार तीन वटा रुद्राक्ष ४३ लाख ५० हजारमा खरिदबिक्री भएको छ ।रुद्राक्ष व्यवसायी संघका अध्यक्ष बिपिन राईका अनुसार यो बर्ष धेरैमुख भएका महँगा दाना तीन वटा बजारमा आएको र केही गुपचुपमा खरिद बिक्री भएको बताए । बिक्री भएका रुद्राक्ष षडानन्द नगरपालिकाको केउरेनीपानीमा उत्पादन भएको २१ मुखे रुद्राक्ष व्यपारी निलमणी न्यौपाने लगायतले १५ लाख ५० हजारमा खरिद गर्‌यो । यता धुपुको ज्यामिरेमा १५ दिन अघि उत्पादन भएको २१ मुखे रुद्राक्ष व्यपारी सुजन राई,नरेन्द्र राई लगायतले १६ लाखमा खरिद गरेको छ ।यसै सातामात्र भोजपुरको फालिकोटमा उत्पादन भएको २१ मुखे रुद्राक्ष सानो आकारको भएको भन्दै १२ लाख रुपैयाँमा खरिद भएको व्यपारी चित्र श्रेष्ठले बताए । यता स्याबुनका मानसिंह राईले एक लाख २० हजारमा १७ मुखे रुद्राक्ष बिक्री गरे । यि मुख्य बहुमुल्य रुद्राक्ष मात्र खरिद बिक्री भएको हो ।
बाँकी २०,१९,१८,१७ लगायतका रुद्राक्ष भने तीन करोड भन्दाबढीको खरिद बिक्री भई सकेको संघका अध्यक्ष राईले बताए । ठूला मुख भएका रुद्राक्ष बिषेश भारतका बजारमा माग हुने गरेको व्यापारीहरुको भनाई छ । साना मुख गरेका चार, पाँच , छ र सात मुखे रुद्राक्ष चिल्लो, थेप्चो, मदाने र ठुलो कण्ठे रुद्राक्ष चीनको बजारमा बढी माग भएकाले खरिद बिक्री दैनिक रुपमा बढ्दै गएको छ ।भोजपुरको दिङला र खाँदबारी नेपालको रुद्राक्ष कारोवारको मुख्य स्थान हो । यहाँ बार्षिक २० करोड बढी रकमको रुद्राक्ष कारोवार हुने गरेको बैंङकीङ तथ्याङक छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।