काठमाडौं२२ भदाै । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण स्थगित भएको छ । लामो कसरतपछि अघिल्लो केपी ओली नेतृत्वको सरकारले चिनियाँ राष्टपतिलाई नेपाल ल्याउने तयारी गरेको थियो । नेपालको सरकार परिवर्तनसँगै अन्यौलमा परेको चिनियाँ राष्टपतिको नेपाल भ्रमण अन्तिममा आएर स्थगित भएको छ ।
नेपालका लागि चिनियाँ राजदूत उ चिन्ताईले राष्टपतिको भ्रमण स्थगित भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएका छन् । नेपालका तर्फबाट भ्रमणको तयारी नगरिएको, चीनसँगको सम्बन्धका बारेमा नयाँ सरकारले प्रतिबद्धता नजनाएको भन्दै चीन सरकारले राष्ट्पतिको भ्रमण स्थगित गरेको हाे । चीनियाँ राष्ट्पतिको २०७३ पुससम्म नेपाल भ्रमण टरेको राजदूत उ चिन्ताईले प्रधानमन्त्री दाहाललाई जानकारी गराएका छन् ।
चिनियाँ राष्टपति भारतको गोवामा हुने ब्रिक्स सदस्य देशहरुको सम्मेलनमा भाग लिँन १५ अक्टोवमा जाँदैछन् । त्यही समयमा नेपाल भ्रमण गर्ने योजना बनाइएको थियो । तर दाहाल सरकारका कारण चिनियाँ राष्टपतिको भ्रमण रोकिएको छ ।