0 COMMENTS

 

काठमाडौं, २० भदौ । माओवादी पूर्वलडाकु सञ्जय जर्घामगरको डिल्लीबजार कारागारमा मृत्यु भएको छ । ठगी आरोपमा पक्राउ परेका २५ वर्षीय मगरको आइतबार विहान २ बजेतिर मृत्यु भएको हो ।

मकवानपुर, भैंसेका मगरलाई प्रहरीले गत साउन ९ गते गठ्ठाघरस्थित प्रवीण आयल स्टोरमा मिटर बिगारेर ठगी गरेको आरोपमा पक्राउ गरेको थियो । मगरले उक्त आयल स्टोर ठेक्कामा लिई सञ्चालन गरेका थिए ।

कारागार प्रमुख विष्णु कार्कीका अनुसार मगरको हृदयघातका कारण मृत्यु भएको हो ।

मृतकका आफन्त र बहिर्गमित जनमुक्ति सेना नेपालका पदाधिकारीले भने कारागारको लापरबाहीले मगरको मृत्यु भएको बताइरहेका छन् । उनीहरुले मृत्युको विषयमा छानबिन गर्न समिति बनाउनुपर्ने माग गरेका छन् । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।