0 COMMENTS
dipa
दिपा बडाल

 गाउँमा तीजको रौनक बढेको थियो । हामी पनि दिदीबहिनीहरु मिलेर यसो रमाइलो गरौँ न त भन्ने सोच बनायौँ तर मादल बजाउन कसैलाई अाउँदैनथ्यो । गाउँमा संगीत र गायनमा चासो राख्ने दाजुभाइको संख्यामा कमी थिएन त्यसैले सहयोग माग्ने सोच बनायौँ र भन्यौँ — भाइ एकछिन हामीलाई मादल बजाएर साथ दिनुहोस् न । महिलाको चाड हो नि दिदी — उनले भने । ठिकै छ सोचेँ र अर्कोलाई बिन्ती बिसाएँ । उनको जवाफ पनि त्यही अायो ।

क्रमिक रुपमा चार पाँच जनालाई पुकारेँ कसैले हुन्छ भनेनन् । महिलाको चाडमा हामीले के गर्नु जोकर बन्नु छ र भन्ने जवाफ मात्र दिए । भोलिपल्ट विभिन्न समुहहरुले कार्यक्रम राखेका थिए । देशका वरिष्ठ गायककारद्वारा कार्यक्रम भब्यरुपमा सम्पन्न हुँदैछ । टिकट दर ….भनेर माइकिङ गरिरहेका थिए । हामी पनि छिटो छिटो काम सकेर त्यतैतिर लागौँ । जहाँ तिनै दाजुभाइहरु गीत गाउँदै र नाच्दै थिए भने महिलाहरुले थपडीमात्रै मारेका थिए ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।