0 COMMENTS

काठमाडौं, १९ भदौ । सरकारले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणअगाडि नै संविधान संशोधन प्रस्ताव दर्ताको गृहकार्य अघि बढाएको छ ।

दलीय सहमति नजुटेपनि संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा लैजाने तयारी सरकारले गरेको छ । प्रमुख प्रतिपक्ष एमाले नेतृत्वको विपक्षी गठबन्धनसँग सरकारले अहिलेसम्म संविधान संशोधनको विषयमा छलफल गरिसकेको छैन ।

एमाले अध्यक्ष केपी ओली विदेशमा रहेको कारण छलफल नगरेको सरकारको भनाइ छ । संविधान संशोधन विधेयक निर्माण र सहमतिका लागि दलीय छलफल एकसाथ अघि बढाउने गृहकार्य सरकररले थालेको छ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले भने प्रधानमन्त्री दाहालको भारत भ्रमणअघि नै संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन प्रमुख तीन दलबीच छलफल चलिरहेको दाबी गरे । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।