0 COMMENTS

भदौ,१७ काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नागार्जुन दरबारको विद्युतको लाइन काटेको छ ।विद्युत महसुल नतिरेको भन्दै प्राधिकरणले लाइन काटेको हो । बिहीबार साँझ ५ बजे लाइन काटिएको ज्ञानेन्द्रका सञ्चार सहयोगी फणिराज पाठकले अनलाइनखबरलाई बताए ।सरकारको स्वामित्वमा रहेको नागार्जुन दरबार गणतन्त्र घोषणापछि सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई बसोबास गर्न उपलब्ध गराएको थियो ।

नेपाल विद्युत प्राधिकरणका अनुसार नागार्जुन दरबारको ७१ लाख रुपैयाँ बक्यौता छ । यो रकम संस्कृति मन्त्रालयले तिर्नुपर्ने हो ।यसअघि प्राधिकरणले पूर्वमुमा बडामहारानी रत्नराज्य लक्ष्मी देवी शाह बस्दै आएको महेन्द्र मञ्जिलको पनि लाइन काटेको थियो । तर, २४ घन्टा नवित्दै लाइन जोडेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।