0 COMMENTS

काठमाडौं, १६ भदौ – दसैतिहारलाई लक्षित गरेर नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ । निगमका अनुसार खाना पकाउने एलपी ग्यासको मूल्य ५० रुपैयाँ घटाइएको छ ।

घटाइएको मूल्यअनुसार अब उपभोक्ताले प्रतिसिलिण्डर ग्यास खरिदका लागि १ हजार ३ सय २५ रुपैयाँ तिर्नुपर्नेछ । हालसम्म उपभोक्ताले प्रतिसिलिण्डर ग्यासमा १ हजार ३ सय ७५ रुपैयाँ तिर्दै आएका छन् ।

निगमका प्रवक्ता भानुभक्त खनालका अनुसार उक्त मूल्य बिहीवार मध्यरातदेखि लागू हुनेछ । ‘नजिकिँदो दसैं, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर निगमले उपभोक्तालाई ग्यास खरिदमा सहुलियत दिएको हो,’ उनले भने ।खाना ग्यासको मूल्य घटाए पनि अन्य इन्धनको मूल्य भने तत्काल घटाउने योजना नरहेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।