0 COMMENTS
dipa
दिपा बडाल

तिजको बेलामा सबै जान्छन माइत आफ्नो माइत मुग्लानपरी छैन साइत साच्चिकै कारुणिक हृदयबिदारक हुन्थिए नारी बर्गका अन्तरहृदय का बेदना हरु प्रस्फुटन हुने गर्दथियो जहाँ वास्तविक उत्पीडन कथा हरु सुन्न पाइथियो कोमल हृदय हुनेहरूका आँखा समेत रसाउदथे बर्ष दिनमा एक पटक आउने विशेष गरि महिला हरुको महत्त्वपूर्ण पर्ब हरितालिका तिज ! यो पर्बमा टाढा पराइ घर गएका चेली हरुलाइ माइतीले लिन गएर आफ्नो हैसियत अनुसारको परिकार बनाएर चेलिबेटी खुवाने र आगन गाउ घरका आमा दिदिबहिनि भाउजु नन्द बुहारी मिलेर भाका मिलाएर दुख सुख बाड्दै मनाउने पर्ब तिज ! माइतिले दिएको चुरा धागो कपडा लागाएर आगनमा रातै सारी कपडा लागएर ढल्कि ढल्कि नाच्ने र एक दिन भय पनि घरको चिन्ता नलिकन खुसीले रमाउदै आपसी सद्भाव साटेर मनाउने चाड हो तिज ! तिजको आफनै महत्त्व छ ! धार्मिक रुपले पनि उत्तिकै महत्त्व बोकेको छ तिजले !

पछील्लो समयको तिज
अहिले परिस्थिति सगै आज भोलि हामी बद्लिएका छौ हाम्रा आबस्यक्ता समेत बद्लिएको छ फलत: तिज पर्बमा गाइने गितहरुपनी बद्लिए ।समय क्रम सगै झन कलात्मक शैलिले बिकृतिको रुपमा समेत गाउन थालियो आज भोलि को तिज गित पोइल जान पाम शिव पोइल जान पाम,तीजमा दरकाे साटाे रक्सी खाइन्छ भन्ने बाेलका गीत हरू बजारमा छ्याप छ्यापी सुनीन थाल्याे र  पछील्लो समयमा तिज आउदै गर्दा महिला हरु पनि धेरै स्वतन्त्र हुदै जान थाले हिजो बाबाको आगनी मा बसेर गाउने नाच्ने रमाउने हरु अहिले सहरका क्याट्रिङ र पाच तारे होटलमा रमाउन थाले आफ्नी आमाले पकाएको दरको चिल्लो मोहि र दहिले काट्छ भनेर खानेर हरु अहिले रोस्ट तासलाइ बियर हुस्कि रम ब्ल्याक लेबलले पचाउछ भन्न थाले ! नेपाली भाका मा गाउने र कम्मर मर्काइ मर्काइ नाच्ने हरु सब्यता र सस्कृती लाइ भुलेर हुस्की ब्रान्डि बियरको नसामा रमाउदै अर्धनग्न पहिरनमा रमाउन थाले ! तिज सकेको भोली पल्ट के गर्छ्न थाहा छैन तर बिहान देखी आधा रात सम्म दर खाने र तिज मनाउनमा बेस्त रहन थाले ! पश्चिमी सस्कृती भित्र्याउने र छाडा प्रवृत्ति मा रमाउन थाले ! तिन दिनको तिजलाइ महिना दिन सम्म लगाएर फजुल खर्चमा रमाउन थाले !
कर्तव्य र जिम्मेवार

आफ्नो हैसियत लाई भुलेर महिनौ सम्म को भन्दा को कम “को प्रतिस्पर्धा चलिरहनु अबस्य राम्रो संकेत होइन हाल आएर नारिबर्गको गर गहना र फेसनशो गर्ने पर्बको रुपमा विकसित भैरहेछ ।तिज मनाउन सबैले पाउनु पर्छ तर तिज मनाउने नाममा आफ्नो मौलिक परम्परा सस्कृती रिति रिवाजलाइ र्‍याप बनाएर बिगार्न भएन ! स्वतन्त्रताको नाउ मा बिकृती भित्र्याउन भएन ! सस्कृतिलाइ बिगार्न कसैले पनि हुदैन ! आफ्नो कर्तव्य बिर्सन भएन ! आफ्नो जिम्मेवार बाट उमकन खोज्ने हैन ! स्वतन्त्रताको उपभोग सहि ठाउमा गरौ !हामी महिला पनि यो देसको नागरिक हो ! यो देस बनाउने जिम्मेवारी महिलाको काँदमा पनि छ ! बिकृतिमा रमाउन र नकारात्मक कृयाकलाप मा रमाउन का लागी हैन ! तसर्थ हामिले आफ्नो कर्तव्य र जिम्मेवारी बुज्न सक्नुपर्दछ ! तसर्थ तिजलाइ बिकृतीको रुपमा हैन सस्कृतीको रुपमा स्थापित गर्नु पर्दछ !!!

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।