0 COMMENTS

काठमाडौं, १५ भदौ । नवनियुक्त स्वास्थ्यमन्त्री गगन थापाले विशिष्ट अधिकारी एवं शीर्ष नेताहरुले राज्यको ढुकुटीबाट लिँदै आएको उपचार खर्च रोक्ने घोषणा गरेका छन् ।
आफ्नो राजनीतिक करियरमा पहिलोपटक मन्त्री बनेका कांग्रेस केन्द्रीय सदस्य थापाले एक अन्तर्वार्तामा विदेशमा उपचार गराउँदै आएका प्रमुख दलका शीर्ष नेताहरु आफ्नै पार्टीका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई टक्कर दिँदै राज्यको ढुकुटीबाट लिँदै आएको उपचार खर्च रोक्ने निर्णयमा पुगेका हुन् ।

अहिले राज्यको ढुकुटीबाट उपचार खर्च लिएर कांग्रेस सभापति देउवा उपचार गर्न सिंगापुर गएका छन् भने एमाले अध्यक्ष ओली थाइल्याण्डको बैंकक गएका छन् । यसैबीचमा क्यान्सर रोग लागेको भन्दै पूर्व राष्ट्रपति रामवरण यादव पनि राज्यको ढुकुटीबाट उपचार खर्च लिएर अमेरिका जाँदैछन् । उनलाई सरकारले उपचार खर्चवाफत १० लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ । उनले उपचार खर्चमा ५० लाख मागेका छन् ।
यस्तो अवस्थामा स्वास्थ्य मन्त्री बनेका थापाले राज्यको ढुकुटी रित्याएर उपचार गर्न विदेश जाने नेता, भीआईपीलाई दिइने उपचार खर्च रोक्न गृहकार्य थालेका छन् ।
उनले आफूलाई जति नै ठूलो रोग लागेपनि राष्ट्रको ढुकुटीबाट एक रुपैयाँ उपचार खर्च नलिने घोषणा पनि गरे । कोही बाहिर गएर उपचार गर्छु भन्नु उसको आफ्नो अधिकारको कुरा भएको भन्दै उनले तर, पूर्वविशिष्ट अधिकारीका नाममा राज्यको खर्चबाट बाहिर उपचार गर्ने पद्दतिलाई रोक्ने बताए ।
नेपालकै अस्पतालमा राम्रो उपचार हुनसक्ने तर्क गर्दै उनले आफू विरामी हुँदा स्वदेशमै उपचार गर्ने बताए ।
मन्त्री थापाले आफू मन्त्री पदमा रहँदासम्म देखावटी काममा भन्दा पनि नीतिगत सुधारमा बढी काम गर्ने बताए । उनले भने- ‘एक हप्ताभित्र मन्त्रालयको गतिविधिबारे कर्मचारी साथीहरुबाट जानकारी लिन्छु । त्यसपछि सुधारका काम रफ्तारमा थाल्छु ।साभार दैनीक नेपाल

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।