0 COMMENTS

सप्तरी, १५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्थानीय निकायको निर्वाचन हुन नसक्ने बताएका छन् ।

राजविराजमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पूर्व सरकारले मङ्सिरमा स्थानीय निकायको चुनाव घोषणा गरेको तर वर्तमान सरकारले चैतमा स्थानीय निकायको निर्वाचन हुन्छ भनेर अन्योलमा पारेको आरोप लगाए ।

उनले आउँदो चैतमा समेत स्थानीय निकायको चुनाव नभए २०७४ को मङ्सिरमा तीन ÷तीनवटा चुनाव हुन गाहे हुने भन्दै राजनीतिक अन्योलतालाई अन्त्य गरी तत्काल स्थानीय निकाय चुनावको मिति तोक्न सरकारलाई आग्रह गरे ।

नेता थापाले वर्तमान सरकारले भारत भ्रमण गर्नुभन्दा अगाडि संविधान संशोधन गरेर जाने आश्वासन दिनु नेपाली जनतालाई आँखामा छारो हाल्नु वाहेक केहि नभएको आरोप लगाए ।

उहाँले संविधान संशोधनलगायत अन्य मुद्दा आन्तरिक मामिला भएकाले यसलाई सबै दल मिलेर टुग्याउनुपर्नेमा जोडदिदैं उनले भने, हिन्दू धर्म संरक्षण र सम्वर्द्धनका लागि नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।