0 COMMENTS

 काठमाडौं, १५ भदौ । सरकार गठन भएको २३ दिन पछि भएको मन्त्रिपरिषद विस्तारमा सभापति शेरबहादुर देउवाले दुईवटा मन्त्रालय लुकाएर रामचन्द्र पौडेललाई चक्मा दिए ।

पौडेलले मन्त्रीहरुको शपथ कार्यक्रममा सहभागी भएपछि मात्र आफूलाई देउवाले चक्मा दिएको पत्तो पाएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीमा शपथ खाएकै दिन कांग्रेसले विमलेन्द्र निधी र रमेश लेखकलाई सरकारमा सहभागी गराएको थियो ।

नयाँ सरकार बनेदेखि नै कांग्रेसले १३ वटा मन्त्रालय भागमा परेको प्रचार गरिँदै आएको थियो । त्यसैमा टेकेर सभापति देउवाले सुरुदेखि नै पौडेल गुटसँग बार्गेनिङ गर्दै आएका थिए । पार्टीले पाउने १३ मन्त्रालयमध्ये पौडेल समूहलाई तीनवटा दिने भन्दै संस्थापनले बार्गेनिङ सुरु गरेको थियो ।

तीनवटाबाट बढेर चारवटामा पुगेपछि संस्थापन समूहले त्योभन्दा बढी पौडेल समूहलाई मन्त्री दिन नसकिने अड्डी लियो भने पौडेलले समूहको भेला नै बसेर ४० प्रतिशत भाग नपाए आफ्नो समूह सरकारमै नजाने निर्णय गर्यो । १३ को ४० प्रतिशतको अर्थ हुन्थ्यो पाँचजना मन्त्री । तर, देउवाले उपप्रधानमन्त्री निधिलाई पठाएर दुइटा मन्त्रालय बढाएको पौडेलले पत्तो नै पाएनन् । बुधबार साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।