0 COMMENTS

काठमाडौं १४,भदाै/पुरातत्व विभागले रानी पोखरी निर्माणको कार्य तत्काल रोक्न काठमाडौं महानगरपालिकालाई निर्देशन दिएको छ । विनाशकारी भूकम्पपछि भत्किएको रानी पोखरीको पुर्ननिर्माण कार्य महानगरपालिकाले गरिरहेको थियो ।पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने मापदण्ड विपरित निर्माण कार्य भएपछि हामीले रोक्न, र बनाइएका संरचना भत्काउन निर्देशन दिएका हौ  ।

 पुरातत्व विभागले मापदण्ड विपरित र आधुनिक कच्चा पदार्थ प्रयोग गरी रानी पोखरी निर्माण कार्य थालिएको भन्दै आपत्ति जनाएको छ । पुरानै शैलीमा बनाउने गरी मापदण्ड तयार भएपनि महानगरपालिकाले सिमेन्टको पिलर, बालुवा र गिठ्ठी प्रयोग गरेको भन्दै रोक्न निर्देशन दिएको छ । पुरानै शैलीमा नबनाए रानी पोखरीको मौलिकता हराउने दावी पुरातत्व विभागले गरेको छ ।

रानीपोखरीकोबीचमा रहेको मन्दिर निर्माणमा महानगरपालिकाले सिमेन्टको पिलर राखेको छ । तर मापदण्डमा इटाको पिलर बनाउनु पर्ने उल्लेख गरिएको छ । मन्दिर पुरानै शैलीमा बनाउनु पर्ने भएपनि महानगरपालिकाले आधुनिक रुपमा निर्माण कार्य थालेको छ ।

करिव ११ करोडको लागतमा काठमाडौं महानगरपालिकाले निर्माण कार्य थालेको थियो । भाइटिकाको दिनसम्म पुर्ननिर्माणको काम सकि सर्वसाधरणकाका लागि खुल्ला गर्ने योजना महानगरपालिकाले बनाएको थियो । राज्यका दुई निकायको विवादले पुर्ननिर्माणको काम सोमबारदेखि रोकिएको छ । सोमबार पुरातत्व विभागले महानगरपालिकालाई निर्माण कार्य रोक्न निर्देशन दिँदै लिखित पत्राचार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।