0 COMMENTS

काठमाडौं, १४ भदौ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले आफ्नो स्वास्थ्योपचारका लागि सरकारसँग तीन करोड रुपैयाँ माग गरेका छन् । तर, सरकारले तत्काल ६० लाख रुपैयाँ दिने निर्णय गरेको छ । पूर्वराष्ट्रपति यादव चाँडै उपचारका लागि अमेरिका जाँदै छन् । उनी छोरीसहित तीन सहयोगीका साथ अमेरिका जान लागेका हुन् ।

पूर्वराष्ट्रपति यादवले दिएको निवेदन प्रधानमन्त्री कार्यालयमा हराएको थियो । उपचारका लागि सरकारसँग रकम मागेको निवेदन हराएपछि उनको स्वकीय सचिवालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ताकेता गरेको थियो ।
त्यसैले उनको उपचारबारे मन्त्रिपरिषद् बैठकमा गम्भीर रूपमा छलफल हुन सकेको थिएन । उनको उपचारमा ६० लाख रुपैयाँ दिने सरकारी निर्णय भने अझै गोप्य राखिएको छ ।
सो निर्णयमा मुख्यसचिव डा. सोमलाल सुवेदीले हस्ताक्षर गर्न बाँकी रहेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।