0 COMMENTS

buddha-airपोखरा, १३ भदौ /जहाज उडाएर फर्कदै गर्दा बुद्ध एयरका को पाइलटलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली प्रमाणपत्रको आरोपमा पाइलट स्वछन्द घले पक्राउ परेकाछन । 
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई चार दिनअघि पक्राउ गरेको हो। आइएस्सी नै नपढी उनले पाइलट पढेको सिआइबीका निर्देशक डिआजी नवराज सिलवालले बताए। उनले त्रिभुवन विश्वविद्यालयबाट आइएस्सी पढेको भनेर सर्टिफिकेट पेस गरी दक्षिण अफ्रिकाबाट पाइलट पढेका थिए। उनको विमान चालक अनुपति पत्र नम्बर ४०५ थियो।

घलेको सर्टिफिकेट साथी राजकुमार श्रेष्ठले बनाइदिएका थिए। श्रेष्ठलाई पनि पक्राउ गरिएको सिआइबीले जनाएको छ। श्रेष्ठ हवाइ इन्जिनियर हुन्। पक्राउ परेका दुवैविरुद्ध सरकारी छाप दस्तखत किर्ते मुद्दामा कारबाही अघि बढाइएको सिआइबीले जनाएको छ । सिआइबीले नक्कली प्रमाणपत्रधारी पाइलटविरुद्ध अप्रेसन ह्वाक अभियान चलाउँदै आएको छ ।

यसअघि सिआइबीले नक्कली प्रमाणपत्रधारी पाइलट विशाल कार्कीलाई तीन महिनाअघि पक्राउ गरेको थियो । उनी पुर्पक्षका लागि जेलमा छन् । कार्कीलाई पक्राउ गरेपछि एक दर्जनभन्दा धेरै पाइलटले राजीनामा दिइसकेका छन् । तस्विर  गुगल बाट, खबर नयाँ पत्रिका दैनीक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।