0 COMMENTS

काठमाण्डाै, १२ भदौ/संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अवोधपनका कारण नेपालको छिमेकी मुलुकसँगको सम्बन्ध झन् पेचिलो बनेको टिप्पणी गरेका छन् ।

‘दाहालको बचपना सोचका कारण पहिलेदेखि बिग्रिरहेको सम्बन्ध सुधार्ने नाउँमा झन पेचिलो बन्न पुग्यो’, शनिबार जनकपुरमा आयोजित कार्यक्रममा यादवले भने, ‘बढी बाठो बनेको देखाउन एकैचोटी दुवै छिमेकी मुलुकमा दूत खटाइदिए ।

तर, त्यसले सम्बन्ध सुध्रिनुको साटो दुवै देशले सरकारलाई शंकाको दृष्टिले हेर्न थालेका छन् ।’ यो घटनाले प्रचण्ड अन्तर्राष्ट्रिय कूटनीतिमा कति कमजोर छन् भन्ने प्रष्ट भएको उनको भनाइ थियो । प्रचण्ड सरकारको उल्टो दिनगन्ती भइसकेको पनि उनले बताए ।

केपी ओली नेतृत्वको सरकार ढलेपछि नयाँ सरकार निर्माणका लागि गणितीय तालमेल मिलाउन संघीय गठबन्धनसँग भएका सम्झौता कार्यान्वयन शैलीले सरकारको उल्टो दिनगन्ती सुरु भएको उनको दाबी छ ।

‘९ महिनाका लागि भनिदिए पनि दाहाल सरकार ६–७ महिनाभन्दा बढी टिक्नसक्ने संकेत देखिरहेको छैन’, उनले भने, प्रमुख सत्तासाझेदारदल नेपाली काँग्रेसभित्रको गुटबन्दी र ओली सरकारकै बाटोमा हिंड्ने शैलीले सरकारले आयु छोट्याउन थालेको छ ।’
नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।