0 COMMENTS

GoreBahadurकाठमाण्डाै, १२ भदौ/पूर्वमन्त्री तथा आदिवासी जनजाति नेता  गोरेबहादुर खपांगीको गएराति निधन भएको छ ।

सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका खपांगीको उपचारका क्रममा राति १० बजेर २० मिनेटमा राजधानीको बाँसबारीस्थित न्युरो अस्पतालमा निधन भएको हो ।

पहिचानवादी नेता खपांगी बहुदलीय व्यवस्था स्थापनालगत्तै तत्कालिन नेकपा एमाले परित्याग गरी जातीय राजनीतिमा होमिएका थिए । नेपाल मगर संघका तत्कालीन अध्यक्षसमेत रहेका खपाँगी राजा ज्ञानेन्द्र अध्यक्ष रहेको मन्त्रिपरिषदका सदस्य भएका थिए ।

खपाँगी आदिवासी/ जनजाति समुदायमा लोकप्रिय थिए । तत्कालिन माले स्थापनामा महत्वपूर्ण भूमिका खेलेका खपांगीले भूमिगत कालमै कम्युनिष्ट संस्थापक पुष्पलाल श्रेष्ठको गाउँ रामेछापको भंगेरीमा अध्यापन समेत गरेका थिए । खपांगी प्रखर वक्ता थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।