आँखा चिम्लिएर सोचौं त, भगवान शिवको आकृति कसरी रचना गरियो होला ? यो क्यामेराले खिचिएको तस्बिर होइन, न त अघिल्तिर शिवलाई राखेर बनाइको स्केच नै हो । यो एउटा प्रतिकात्मक रूप हो । जटाधारी, त्रिनेत्र भएका, गलामा सर्पको माला पहिरिएका, कम्मरमा बाघको छाला बाँधेका, एक हातमा त्रिशूल र डमरु बोकेका, खरानी घसेका शिव स्वरूपलाई यसरी चित्रित गरिनु अर्थपूर्ण छ ।
जटा
जटा अन्तरिक्षको प्रतीक हो ।
अर्धचन्द्रमा
शिवको जटामा अर्धाकार चन्द्रमा हुन्छ । यो मनको प्रतीक हो । यसले हाम्रो मन पनि चन्द्रमा जस्तै निर्मल, निश्छल र उज्वल हुनुपर्छ भन्ने संकेत गर्छ ।
गंगाधारा
गंगाको अर्थ ज्ञान हो । ज्ञान त्यस्तो हुनुपर्छ, जसले आत्मालाई शुद्ध गरोस् । ज्ञानले मुक्ति दिन्छ, ज्ञान गतिशील हुन्छ ।
त्रिनेत्र
वाह्य आँखाबाहेक हरेक मानिससँग तेस्रो आँखा वा अलौकिक दृष्टि हुन्छ भन्ने संकेत हो ।
सर्प
सर्प सजकताको प्रतीक हो ।
त्रिशूल
त्रिशूलको तीन शुलले उदय, संरक्षण एवं विनाशको
संकेत गर्छ ।
डमरु
यो ध्वनि एवं लयको प्रतीक हो । डमरुले ब्रह्माण्डको अद्भूत तरंगलाई दर्शाउँछ ।
साँढे
साँढे शिवको वाहन हो । यसले धर्मको चार खुट्टा अर्थात्
धर्म, अर्थ, काम र मोक्ष हो भन्ने संकेत गर्छ ।
बाघको छाला
बाघ हिंसा र अहंकारको प्रतीक हो र त्यसलाई कम्मरमुनी बाँधेर राख्नुको अर्थ हिंसा दबाउनु भन्ने हो ।