0 COMMENTS

d madhi 1 copyचोकमा घर भएका दुईचारजना केटाकेटीहरु खेलिहेका थिए । बीचबीचमा ती आपसमा एकअर्कोलाई छक्याउने र खेलमा रोचकता थप्न आइन्दा यसो गर्न पाइन्छ या उसो गर्न पाइन्न भन्दै नियम बनाउँदै र संशोधन पनि गरिरहेका थिए ।
यसैबेला छिमेकको केटो आयो र तिनीहरुको खेल हेर्न थाल्यो । केहीबेर हेरेपछि उसले भन्यो – म पनि खेलूँ है ?
संधैं देखिरहने भेटिरहने र चिनेजानेकै भएकाले उनीहरुले नाइँ भन्न सकेनन् । ऊ खेलमा सामेल भयो ।
एकछिन पछि छिमेककै अर्को केटो पनि घुम्दैफिर्दै आइपुग्यो । केही बेर खेल हेरेपछि उसले पनि खेल्न रुचि देखायो । उनीहरुले नाइँ भन्ने कुरै भएन । ऊ पनि खेलमा सामेल भयो ।
यसैगरी पल्लो छेउमा बस्ने अरु दुईचार केटाहरु पनि खेलमा थपिन आए । तिनलाई लिएर उनीहरुबीच खेल्न दिने कि नदिने भन्ने बारेमा कोहीले दिने कोहीले नदिने भन्नेमा निर्णय गर्न नसकेपछि अन्यौलकै बीचमा ती खेलमा सरिक भइहाले ।
००
अब खेल पहिला जस्तो रहेन ।
पछि आएका केटाहरु खेलमा माहिर भएर हो वा पहिलादेखि खेलिरहेकाहरु थाकेर हो खेलमा परिवर्तन आयो ।
आफ्नै घरआँगनमा खेलिरहेका ती केटाहरु अब खेल्न छोडेर अरुको खेल हेर्ने दर्शकमा रुपान्तरित भए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।