0 COMMENTS

tirsuliकाठमाडौं, १० भदौ । रौतहटबाट पोखरा जाँदै गरेको यात्रृबहाक बस त्रिशूली नदीमा खसेको छ । शुक्रबार विहान बस त्रिशूली नदीमा खसेपछि २० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग १ ख ३७०९ नम्बरको बस मुग्लिनको कालीखोला नजिकैबाट त्रिशूली नदीमा खसेको थियो ।बसमा सवार १२ जना घाइते भएका छन् । घाइतेको चितवन अस्पतालमा उपचारका लागि पठाइएको छ भने बाँकीको खोजिकार्य जारी राखिएको छ । घटनास्थलमा रहेका एसपी बसन्त कुँवरका अनुसार मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।
बसमा करिव ४० जना यात्रु रहेको अनुमान गरिएको छ । ति मध्ये २० जनाको मृत्यु भएको छ भने १२ जना घाइते भेटिएका छन् । अझै दर्जनबढि यात्रुहरु बेपत्ता भएको अनुमान गरिएको छ ।बसका चालकको अवस्था पनि अज्ञात रहेको छ ।विहान करिव ४ बजे नदीमा खसेको बसको केही भागमात्र पानी बाहिर देखिएको छ । धेरै यात्रु बसमा च्यापिएको अनुमान पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।