0 COMMENTS

भाद्र९,भारत/ धेरैलाई अचम्म लाग्न सक्ला तर राजस्थानको एक मुसलमान समाजमा कृष्ण जन्माष्टमीको पावन दिनलाई वर्षौँदेखि निकै भव्यताका साथ मनाइन्छ । तीन दिनको लागि आयोजना गरिने यो कार्यक्रम नहरको दर्ग भन्ने ठाउँमा मनाइन्छ । यो छिरवाको झुन्झुनु भन्ने जिल्लामा पर्दछ, जुन जयपुर शहरबाट २०० किलोमिटर टाढा पर्दछ ।

‘हिन्दुहरूको यो पावन पर्वलाई यहाँका मुसलमानहरूले मनाउन थालेको ३ देखि ४ सय वर्ष भयो होला,’ दर्गका एक सुरक्षाकर्मीले भने, ‘यो पर्वको आयोजना गर्नुको मुख्य कारण हिन्दु र मुसलमानबीचको भाइचारा बढाउनु हो ।’ कृष्ण जन्माष्टमीको दिन यस ठाउँमा महाराष्ट्र, बिहार, दिल्ली, हरियाणा, पश्चिम बङ्गाल र आन्ध्र प्रदेशजस्ता राज्यबाट मानिस आउने गर्दछन् । यहाँ आएका भक्तालुहरूले फूल, चुनरी, नरिवल, मिठाई आदि सामग्री कृष्णको प्रतिमा र कृष्णरूपी बालकलाई चढाउने गर्छन् । जन्माष्टमीको अवसरमा यस ठाउँमा कवाली नृत्यहरू पनि गरिन्छ ।

यो पर्व कहिले र कहाँबाट शुरु भयो भन्ने तथ्य अहिलेसम्म कसैलाई थाहा छैन तर यो पर्वले सबै हिन्दु र मुसलमानहरूलाई एकै छानामुनि ल्याएर सद्भाव जगाएर राख्न सफल छ । यस ठाउँमा नयाँ विवाहित जोडीहरू पनि आफ्नो विवाह राम्रो होस् भन्ने कामना गर्दै आउने गर्छन् ।

विभिन्न समुदायका मानिसहरू एकै ठाउँमा देख्न पाइनु नै यहाँको कृष्णाष्टमी पर्वको विशेषता हो । यहाँँ आउने भक्तहरू भन्ने गर्दछन् कि यस ठाउमा आइपुगेपछि व्यक्तिलाई छुट्टै प्रकारको शान्ति र आनन्दको अनुभव हुने गर्दछ । (टाइम्स अफ इण्डिया)

muslim-2

muslim-5

muslim-4

muslim-1

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।