0 COMMENTS

काठमाडौं,९ भाद्र। पार्टी सभापति शेरबहादुर देउवाले पाँच मन्त्री दिने सहमति गरेपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले मन्त्रीको छनोट गरेको छ । कोषाध्यक्ष सीतादेवी यादवदेखि दीपक गिरीसम्म मन्त्री हुने भएका छन् ।

पौडेल पक्षले पाँच मन्त्रीको सुचि सभापति देउवालाई बुझाएको छ । पौडेल समुहबाट सीतादेवी यादव, नविन्द्रराज जोशी, हृदयराम थानी, रोमी गौचन थकाली, दीपक गिरी मन्त्री हुने भएका छन् । पाँच जना क्याविनेट मन्त्रीको सुचि पौडेलले देउवालाई बुझाएका छन् । मन्त्री टुंगो लागेपनि मन्त्रालयको टुंगो भने अझै लागेको छैन ।
त्यसैगरी देउवा समुहले पनि मन्त्रीहरुको नाम तय गरिसकेको छ । पौडेल समुहबाट पाँच, नेता खुमबहादुर खड्का र कृष्णप्रसाद सिटौलातर्फबाट एक एक र बाँकी सभापति देउवा पक्षले मन्त्री बनाउने भएको छ ।कांग्रेसस सभापति देउवाले मन्त्रीहरुको सुचि आजै प्रधानमन्त्री दाहाललाई बुझाउने भएका छन् । आज सुचि बुझाएपछि शुक्रबार सपथ हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।