0 COMMENTS

 भदौ ८, काठमाडौं ।पूर्व राजा ज्ञानेन्द्र साहले आफ्नी आमा अर्थात पूर्व बडामहारानी बस्दै आएको नारायणहिटी दरबारस्थित महेन्द्र मञ्जिलको विद्युत आपुर्ती बन्द गरिएकोप्रति पहिलो पटक प्रतिक्रिया दिएका छन् ।
महेन्द्र मञ्जिलमा विद्युत काटिएपछि सर्वसाधारणले सामाजिक सञ्जाल लगायतबाट देखाएको चासो र साहानुभुतिप्रति ज्ञानेन्द्रले धन्यवाद दिएका हुन् ।उनले महेन्द्र मञ्जिलमा विद्युत सुचारु गर्न दवाव दिनेहरुलाई धन्यवाद दिँदै गल्ती सच्चाएको भन्दै उर्जा मन्त्रालय र नेपाल सरकारलाई समेत धन्यवाद दिएका छन् ।यस अघी नै उर्जामन्त्री जनार्दन शर्माले महेन्द्र मञ्जिलको बत्ति काट्ने निर्देशन आफूले नदिएको प्रष्टिकरण दिइसकेका छन् ।

सर्वसाधारणलाई मर्का पर्ने गरी महसुल नतिरेका ठूला १० प्रयोगकर्ताहरुको लाइन काट्न निर्देशन दिएको तर महेन्द्र मञ्जिको काट्न निर्देशन नदिएको उनको भनाइ छ ।उर्जामन्त्री जनार्दन शर्माको निर्देशनपछि नेपाल विद्युत प्राधिकरणले आइतबार रत्न बस्दै आएको नारायणहिटी दरबार संग्राहलायस्थित महेन्द्र मञ्जिलको विद्युत आपुर्ति बन्द गरेको थियो। तर २४ घण्टा नवित्तै लाइन पुनः सुचारु गरिएको छ ।

विज्ञप्तिको पूर्ण पाठः

पुर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट बक्सेको धन्यवाद

ममतामयी श्री छ मूमा बडामहारानी रत्नराज्य लक्ष्मी देवी शाहको नारायणहिटी राजदरबार परिसरस्थित निवासस्थान महेन्द्र मन्जिलको विद्यूत आपुर्ति काटिएकोमा जनताले दर्शाएको सहानूभुति, सामाजिक संजाल एवं आमसन्चार माध्यामबा६ व्यक्त असहमति अविस्मरणीय रहेको हामीले ठानेका छौं ।

नेपाली जनता र राजसंस्थाबीच सदैव रहिआएको संबन्ध यस प्रकारबाट उजागर भएको हाम्रो ठम्याइ छछ । जनताको दूस्खमा राजा र राजाको दूस्खमा जनताको साथ रहने परम्परागत मुल्य र मान्यता देशमा जीवित छौं ।विद्यूत प्रसार सूचारु गर्न वातावरण बनाएर सहयोग पूर्याउने आम नेपाली जनता एवं सन्चार माध्यमप्रति कृतज्ञता सहित हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। त्यस्तै असावधानीवस भएको त्रुटी समयमै सच्याएर जन आवाजको कदर गरेकोमा हामी उर्जा मन्त्रालय र नेपाल सरकारलाई पनि धन्यवाद दिन चाहन्छौं ।महेन्द्र मञ्जिलमा काटिएको विद्युत लाइन जोडिएकोमा पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा अभार व्यक्तसामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत दर्शाइएको सहानुभूतिप्रति धन्यवाद ज्ञापन

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।