0 COMMENTS

काठमाडौं, ८ भदौ । आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाले मोबाइल घण्टी बज्नासाथ यसो डिस्प्लेमा हेरे र रिसिभ गरे, हेलो, को हो ? के हो ? नमस्कार !

सञ्चो बिसञ्चो, किन फोन गरेको ? केही सोधनन् बरु फटाफट भन्न थाले, ‘तिमीलाई शिक्षा मन्त्रालय चाहिएको होइन ? मैले थाहा पाइसकेँ । मलाई गाह्रो छ क्या, कुरा बुझ, विमलेन्द्रलाई आउन देऊ न !’

फोन गर्ने माओवादी नेता नारायणकाजी श्रेष्ठले यही शैलीमा देउवाबाट जवाफ पाएको त्यो पाँचौं पटक थियो । काजीले फोनमा केही भन्न नभ्याउँदै देउवा उही वाक्य दोहोर्याउन थाल्छन् । हुन पनि प्रचण्डले प्रधानमन्त्री शपथ लिएकै दिन शिक्षा मन्त्रालय माओवादीलाई र स्वास्थ्य मन्त्रालय कांग्रेसलाई दिने सल्लाह भएको थियो ।

कांग्रेसका तर्फबाट देउवा, विमलेन्द्र निधि, रमेश लेखक र माओवादीका तर्फबाट प्रचण्ड, नारायणकाजी र महरा बसेर यस्तो सहमति बनाएका हुन् । अघिल्लो क्याबिनेटमा माओवादीका तर्फबाट गिरिराजमणि पोखरेलले शिक्षा मन्त्रालय पाएका थिए । उनलार्य दोहोर्याउन नमिलेपछि माओवादीमै नारायणकाजी निकट रहेका डिआर पौडेललाई उक्त मन्त्रालय दिने गरी कुरा मिलाइएको हो ।

तर, कांग्रेसले शिक्षा लिने इच्छा देखाएपछि अहिले शपथ खाएर पनि उनले कुनै मन्त्रालय पाएका छैनन् । डिआर पेण्डुलम भएर बसिरहेको अवस्थामा उनैलाई शिक्षा मन्त्रालय दिने सहमति कांग्रेसबाट आओस् भन्ने इच्छा जाहेर हुन्छ कि भन्ने बुझाईको आधारमा हतारहतार देउवाले त्यसरी फोनमा जवाफ दिन थालेका हुन् । जनआस्था साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।