0 COMMENTS

 

बेसार खाना/तरकारीमा रंग देखाउनका लागि मात्रै हैन । यसका अनेकौ फाइदा छन् :-

१. बेसारमा करक्यूमिन नामक एक रसायन पाइने हुनाले बेसारको धूलोलाई तातोपानीमा घोलेर पिउनाले शरीरमा औषधिको रुपमा काम गर्छ ।

२. मस्तिष्कलाई तेजिलो बनाउनुका साथै स्मरण शक्ति बढाउँछ र मस्तिष्कलाई सुरक्षित राख्नमा मद्दत गर्छ ।

३. यसमा एन्टीअक्सिडेन्ट बढीमात्रामा पाइने भएकाले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनमा मद्दत गर्छ ।

४. यसको सेवनले रुघाखोकी निको पार्नुका साथै पेटसम्बन्धी समस्या हुनबाट बचाउँछ ।

५. रक्तनली तथा धमनीलाई सुरक्षित राख्नुका साथै रगत प्रवाहलाई चुस्त बनाउँछ ।

६. यसको नियमित सेवनले अर्थराइटिसको लक्षणबाट टाढा राख्छ ।

७. मधुमेहका बिरामीका लागि फाइदाजनक हुन्छ ।

८. कलेजोलाई सुरक्षित तथा स्वस्थ रख्नमा मद्दत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।