0 COMMENTS

काठमाडौं ६,भाद्र । अर्थमन्त्रालयले समयमा रकम उपलब्ध नगराउँदा पूर्व मुमाबडामहारानी रत्नराज्य लक्ष्मी शाह बसेको महेन्द्र मञ्जिलको बिद्युत महसुल तिर्न नसकेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । ‘अर्थमन्त्रालयले समयमा रकम नदिँदा महेन्द्र मञ्जिलको बिद्युत महसुल भुक्तानी नभएको हो’ उर्जामन्त्रालयलाई पत्र लेख्दै संस्कृति तथा नागरिक उड्यन मन्त्रालयले भनेको छ अर्थले रकम निकास भएपछि भूक्तानी हुनेछ । संस्कृति मन्त्रालयले लाइन जडान गरिदिन उर्जामन्त्रालयलाई आग्रह गरेको छ ।

संस्कृति मन्त्रालयको पत्रमा नारायणहिटी दरवार संग्रालय भित्रको सवै खर्च मन्त्रालयले ब्यहोर्ने उल्लेख गरिएको छ । सरकारको एउटा निकायले अर्काे निकायबाट रकम भूक्तानी लिन महेन्द्र मञ्जिलको लाइन काटिएको थियो । ‘महेन्द्र मञ्जिलको बिद्युत विल सरकारले नै तिर्ने हो’ संस्कृति तथा नागरिक उड्यन मन्त्रालयका प्रवक्ता घनश्याम भुषालले भने ‘समस्या पूर्वमुमाबडामहारानीको होइन, अर्थमन्त्रालयको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।