0 COMMENTS

 

काठमाडौं ५ भदौ | पूर्व बडामहारानी रत्न राज्यलक्ष्मी शाहको निवासमा नेपाल विद्युत प्राधिकरणले बिजुली कटौती गरेको छ। प्राधिकरणको प्राविधिक टोलीले आइतबार रत्न बस्दै आएको नारायणहिटी राजदरबारस्थित महेन्द्र मन्जिल निवासको बिजुली काटेको हो।

प्राधिकरणका प्रमुख मुकेश काफ्लेका अनुसार रत्न बस्दै आएको महेन्द्र मन्जिल निवासले लामो समयदेखि बक्यौता रकम नबुझाएपछि बिजुली काटिएको हो। ‘उहाँको निवासले ३७ लाख ३१ हजार रुपैयाँ महसुल बक्यौता बुझाएको छैन, हामीलाई मन्त्रालयबाट प्राप्त निर्देशनअनुसार लामो समयदेखि महसुल नबुझाउने ग्राहकको बिजुली काट्नु भन्ने छ,उनले भने, ‘मानवीयताको नाताले र पूर्वसम्मानित व्यक्ति भएका कारण नेपाल सरकारको माथिल्लो निकायले बिजुली छोड्न निर्देशन दिए हामी पुनर्विचार गर्छौं।’
ऊर्जा मन्त्री जनार्दन शर्मा मन्त्री नियुक्त भएलगत्तै बक्यौता रकम नबुझाउनेको बिजुली काट्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका थिए। काफ्लेका अनुसार महेन्द्र मन्जिललाई बारम्बार बक्यौता बुझाउन पत्राचार गरिएको थियो। बक्यौता बढ्दै गए पनि प्राधिकरणले बिजुली काटेको भने थिएन। मन्त्रीकै निर्देशनपछि महेन्द्र मन्जिलमा बिजुली काटिएको हो।
पूर्वराजा ज्ञानेन्द्रसँगै बस्दै आएकी रत्न गणतन्त्र घोषणापछि ज्ञानेन्द्रले नारायणहिटी छोडेर गए पनि त्यहीँ बस्दै आएकी थिइन्। महेन्द्र मन्जिलमै आफ्नो जीवन बिताउने संकल्प गरेकी रत्नलाई त्यतिबेला सरकारले नै त्यहाँ बस्ने व्यवस्था मिलाइदिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।