0 COMMENTS

123भदौ ५, काठमाडौं । पूर्वसभासद तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष पासाङ शेर्पा र वर्तमान उपाध्यक्ष डन्डु शेर्पा अवैध मानव ओसारपसारमा तानिएका छन् ।

उनीहरूले सांस्कृतिक कार्यक्रमको आवरणमा तीन करोड ९० लाख रूपैयाँ असुलेर १३ जना गैर कलाकारलाई कलाकार भन्दै मेक्सिको पुर्याइ उतै छाडेर आएको आरोप लगाइएको छ ।

पासाङ पूर्व सभासद तथा नयाँ शक्ति नेपालका सचिवालय सदस्यसमेत हुन् । मेक्सिकोमा आयोजित हिमाल आदिवासी जनजातिको संस्कृति आदानप्रदान कार्यक्रममा सहभागी गराउन गत चैतमा पासाङ र डन्डुले १३ जनालाई त्यहाँ लगेका थिए ।

जाँदा १५ जना गएपनि फर्कदा उनीहरू मात्र फर्किए । ती १३ जना अमेरिका पुगिसकेका छन् । -कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।