0 COMMENTS

14030910_1100837929981854_2119084548_nभाद्र,४,काठमाण्डाै/ इन्टरनेशनल स्टांनडरड आइकन (International Standard Icon ISI) ले इमर्जिंग गोलवल लीडरशिप तालीम आयोजना गरेको छ| क्यानाडा ,थाईल्याण्ड र नेपालका प्रशिक्षक रहेको सो कार्यक्रम बिभिन्न सरकारी , गैर सरकारी , ब्यवसायिक र सामाजिक संघ संस्थामा संलग्न करिव ७० जना सहभागी रहेका थिए | थाईल्याण्डबाट राम चन्द्रन , क्यानाडाबाट कार्ल , नेपालबाट सृजना श्रेष्ठ , भावेश खनाल र ब्यवस्थापन इथिक्सका प्रशिक्षक कृष्ण खनाल सह्जकर्ता रहनुभएको थियो |

तालीम बिभिन्न क्षेत्रमा ब्यवस्थापनको तह्मा क्रियाशील सहभागी लक्षित गरेर आयोजना गरिएको आयोजक संस्थाका निर्देशक राज ढकालले बताउनु भयो | काठमाण्डौको रयाडीसन होटलमा चलिरहेको तालीममा ब्यवस्थापनको विस्वब्यापी अवधारणा , स्वजागरण ,ब्यवस्थापन मा आध्याक्मिकता , प्रभावकारी समूह निर्माण र सहकार्य ,जोखिम ब्यवस्थापन , क्षमता पहिचान आदि विषयमा तालीम प्रदान गरिएको छ | “आफै लाइ पहिचान गरौ” भन्ने अवधारणाका साथ आयोजना गरिएको यो तालीम अन्य समयमा अरु स्थानमा पनी निरन्तर चलने आयोजक संस्थाकी संस्थापक निर्देशक सृजना श्रेष्ठ ले बताउनु भयो | इन्टरनेशनल स्टांनडरड आइकन (International Standard Icon ISI) को थाईल्याण्डको यसियन इंस्टीट्यूट अफ टेक्निलोजी , कर्पोरेट ट्रेनिंग ब्यांकक आदि संस्था संग आव्दत्ता रहेको छ |

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।