0 COMMENTS

भदौ ४,चितवन /नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा मन्त्री पठाउने विषयमा पार्टी सभापतिसँग छलफल भइनसकेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मन्त्री पठाउने विषयमा सभापतिले आफूसँग छलफल नगरेको बताउनुभयो । उहाँले भन्नुभयो “मन्त्री पठाउने विषयमा अहिलेसम्म कुनै छलफल भएको छैन ।

पुष्पकमल दाहालको नेतृत्वमा सरकारमा जाने विषयमा पार्टीको निर्णय भएको भए पनि त्यसयता पार्टीबाट क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा कुनै पनि छलफल नभएको उहाँले स्पष्ट पार्नु भयो ।

मन्त्री पठाउने विषयमा पार्टी सभापति शेरबहादुर देउवालाई सहयोग गर्न आफू तयार रहेको भन्दै उहाँले भन्नुभयो “म सहयोग गर्न तयार छु, सहयोग लिनेले सहयोग लिनु प¥यो नि ।

फरक प्रसङ्गमा उहाँले व्यवस्थाको टुङ्गो लाग्न नसक्दा नेपालपछि परेको बताउँदै चीन र रुसको उदाहरण हेरेर देशको विकास गर्नुपर्ने बताउनुभयो । “हाम्रो पद्दति नै अस्थायी छ, जसले गर्दा ७० वर्षदेखि हामी पछाडि परेका छौँ” पौडेलले भन्नुभयो ।

नेपाल विद्यार्थी सङ्घको अधिवेशनका सन्दर्भमा सोधिएको प्रश्नमा उहाँले सभापति र महामन्त्री बाहेकका धेरै पदहरुमा आफ्ना समूहको उम्मेदवारले विजय हासिल गरेको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले नेपाली काँग्रेसका जिल्ला सभापतिको भोलिदेखि काठमाडौँमा हुने भेलाले स्थानीय निकायको पुनःसंरचनाको खाका तयार गर्न सुझाव दिने र पार्टीले सोही सुझावका आधारमा धारणा तयार गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।