जबर्जस्ती रुपमा महिलामाथि हुने यौनजन्य अपराधलाई बलात्कार भनिन्छ । बलात्कार जघन्य अपराध जानेरै पनि यस्ता घटनाहरु दिनानुदिन बढिरहेको समाचार हामी सुनिरहेका छौँ । भर्खरै मात्र सञ्चारिका समूहले फागुन १–३० खोज गरी पत्ता लगाएको तथ्याङ्क अनुसार गतबर्षकाे फागुन महिनामा मात्र २९ महिला बलात्कृत भएका छन् । यी त देखिएका घटना मात्र हुन् । तर कति घटना छन् जुन बाहिर आउन सकिरहेका छैनन् ।
नारी जननी हुन् सृष्टि दाता हुन् अनि अवसर पाउँदा सिङ्गो संसार हाँक्न सक्ने अद्धितीय शक्ति हुन् । यसमा दुईमत छैन । हिजोका दिनलाई स्मरण गर्दा सीता, भृकुटी,नवदुर्गाका रुपहरुलाई हामी स–सम्मान सम्झदै आइरहेका छौं तर आज एक्काइसौ शताब्दीको सङ्घारमा आइपुग्दा नारीलाई प्रयोग गरिने वस्तुको रुपमा हेरिन्छ । ऊ घरभित्र लुटिन्छे बस्, बाटो अनि जङ्गल जहाँसुकै पनि ऊ लुटिन्छे उसको सिङ्गो अस्मिता माथि खेलवाड भइरहेको छ । उसको बाँच्ने अधिकारमाथि बज्रपात भइरहेको छ जो सात वर्षकीे पूजा आफू राम्ररी पिसाब पनि फेर्न सक्दिन ऊ बलात्कारबाट मारिएकी छ ।
१७ वर्षकी सिन्धुपाल्चोककी पूजा १० वर्षको उमेरदेखि आफनै घर भित्र हजुरबुबा अनि बुबाबाट बलात्कृत हुदै गर्दा आत्महत्या गर्न वाध्य हुन्छे । गोरखा भुम्लिचोकका ७१ वर्षीय हजुरबुवाले आफनै नातिनीलाई बलात्कार गर्छन् । सुदूर–पश्चिमकी पूजा बोहरा slc दिइरहँदा स्टेसनरी समान किन्दै गर्दा बलात्कृत हुन्छिन् कति दुःख लाग्दो छ आज छोरीहरुको अवस्था । सुन्दा आङ जिरिङ हुने खालको घटना पीडितलाई सहन गाह्रो भई मानसिक रोगी बनेका कैयौ घटना सार्वजनिक भइरहेका छन् । यहाँ वयस्क छोरीहरुको मात्र हैन साना नानीदेखि ५० वर्षका हजुर आमासम्म सुरक्षित हुन नसकेको वर्तमान अवस्थामा बलात्कारी भने अनेक प्रपञ्च रचेर निर्दोष सावित भई स–सम्मान समाजमा बाँचेको हुन्छ तर जुन पीडित छ उसको नारकीय जिवन छ ।
नेपालको कानुनी व्यवस्थामा दशवर्षमुनिका बालिका बलात्कृत भए १०–१५ वर्ष कैद, १०–१४ वर्षका बालिका भए ८–१२ वर्ष सम्म कैद, १६–२० वर्ष सम्मका महिला भए ५–८ वर्ष कैद र २० वर्ष भन्दा माथिका महिला भए ५–७ वर्षको हैद सजाय तोकिएको छ । बलात्कार गर्दा हुने कानुनी सजाय कम भएको कारणले गर्दा दिनानुदिन यस्ता जघन्य आपराधिक घटनाहरु बढिरहेका छन् । कसैको जिन्दगी बर्वाद पारेर केही समय जेल बस्दा उनीहरु झनै अपराधी मानसिकता बोकेर बाहिर निस्कने हुँदा कैद सजायले घटनामा कमी ल्याएको छैन । नेपालको कानुनी व्यवस्था हदैसम्म फितलो भएका कारण छोरीहरुले अस्मिता जोगाउन हम्मे पर्ने देखिन्छ । आज विश्वका जुन राष्ट्रहरुमा बलात्कारीलाई मृत्युदण्डको सजाय छ त्यस्ता राष्ट्रहरुमा बलात्कारको घटना कम सुन्न पाइन्छ । यसर्थ पनि सरकार सामु हाम्रो जोडदार माग छ अब बन्ने संविधानमा बलात्कारीलाई फाँसीको सजाय हुनुपर्छ । पीडाबोध हुने गरी उसलाई फाँसीमा झुन्ड्याउने कानुनी व्यवस्थाले मात्र हाम्रा छोरी चेलीहरुको इज्जत साथ बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न सक्छ । अन्यथा यस्ता घटनामा कमी आउने कुराको कल्पना पनि गर्न सकिँदैन ।कमल खनाल (बोगटी)अध्यक्ष -महिला सञ्जाल वु.न.पा–१४
याे लेख अबश्य पढाै https://www.samajkoawaj.com/?p=6270