0 COMMENTS

काठमाण्डाै १ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको मन्त्रीपरिषद बैठकबाट गरेको निर्णय रोक्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक आधारमा राजदूतमा सिफारिस गरेकाे भन्दै पुष्पकमल दाहाल प्रचण्ड  ले अाफु प्रधानमन्त्री भएपछि १४ जनाको नाम फिर्ता लिने निर्णय गरेका थीए । तर, सर्वोच्चले सो निर्णय कार्यान्यवन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजालसले सरकारका नाममा अघिल्लो सरकारले सिफारिस गरेको राजदूको नाम फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

गत वैशाख ७ गते बसेको ओली नेतृत्वको सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि २२ जनाको नाम राजदूतमा सिफारिस गरेको थियो।

तीमध्ये ८ जना परराष्ट्र सेवा र १४ जना राजनीतिक पुष्ठभूमिका थिए। ओली सरकार ढलेर प्रचण्ड नेतृत्वको सरकार बनेपछि राजनीतिक पृष्ठभूमि भएकाहरुको सिफारिस रद्ध गरेको थियो ।

प्रचण्ड नेतृत्वको सरकारले राजनीतिक पृष्ठभूमि भएकाको नाम फिर्ता लिएपछि एमाले पृष्ठभूमि भइ राजनीतिक सिफारिसमा परेकाहरु सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतको सरणमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।