काठमाडौं, १ भदौ । सुन्दा अचम्म लाग्न सक्छ । मुलुकको आन्तरिक र बाह्य सुरक्षा गर्ने तथा आवश्यक पर्दा रणनीतिक विकासका आयोजनाहरुलाई अघि बढाउने महत्वपूर्ण भूमिका पाएको नेपाली सेना ‘घडेरी बेच्ने’ काममा पनि लागेको छ ।
सैनिक लोककल्याणकारी कोष अन्तर्गत रहेर सेनाले जग्गा खरिद गरेर त्यसलाई ‘प्लटिङ’ गरी बिक्री विरतण गरेको हो ।
सेनाले ‘घडेरी योजना’ अन्तर्गत बहालवाला, अवकाश प्राप्त तथा लडाईंमा मृत्यु भएका सैनिकका आश्रित परिवारलाई किस्ताबन्दी र पूरा भुक्तानीमा जग्गा बिक्री गरिरहेको छ ।
यसका लागि सेनाले सुनसरीको इटहरीमा ११ सय ८ वटा, पोखराको फुलबारीमा ७२ र राधाकृष्ण टोलमा १ सय ५१ तथा चितवनको पिठुवामा २ सय ८९ गरी जम्मा १ हजार ६ सय ४४ वटा घडेरी बिक्री गरिसकेको छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस्