0 COMMENTS

काठमाडौं३२ साउन । मधेसी मोर्चाको आन्दोलनमा मारिएका ४२ जनालाई सरकारले १० लाख क्षतिपूर्ति दिइसकेको छ । तर मोर्चाले आत्महत्या, सवारी दुर्घटना र करेन्ट लागेर मुत्यु भएकाहरुलाई पनि आन्दोलनमा मारिएको भन्दै १० लाख क्षतिपूर्तिको माग गर्दै गृहमन्त्रालयलाई सुचि पठाएका छन् ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ४२ जना मृतक परिवारलाई १० लाख क्षतिपूर्ति दिइसकेको थियो । ओली पछि बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल नेतृत्वको सरकारले मधेस आन्दोलनमा मारिएकालाई सहिद घोषणा गर्ने निर्णय पनि गरयो । दाहाल नेतृत्वको सरकारले ४२ बाट बढाएर मृतकको संख्या ६२ पुरयाएको थियो । त्यसपछि पनि मधेसी मोर्चाले ६ जनाको नाम थपेर पठाएका छन् । पछिल्लो पटक पठाइएका ६ जनामा सवारी दुर्घटना, आत्महत्या र करेन्ट लागेर मृत्यु भएका ब्यक्ति भएको खुलासा भएको छ ।

तर मधेसी मोर्चा आफ्नो आन्दोलनमा ४२ जना नभई ६८ जनाको मृत्यु भएको दावी गर्दै गृहमन्त्रालयलाई मृतकको नाम दिएको छ । गृहमन्त्रालयलाई दिइएको नाममा आत्महत्या गरेका, सवारी दुर्घटनामा ज्यान गुमाएका र करेन्ट लागेर मृत्यु भएकाहरुलाई पनि सहिद घोषणा तथा १० लाख क्षतिपूर्ति माग गरिएको छ ।

संघिय समाजवादी फोरम सिराहका नेता बालकृष्ण रायले आत्महत्या गरेका थिए । तर मोर्चाले उनको मृत्यु आन्दोनलका क्रममा भएको भन्दै सहिद घोषणा र १० लाख क्षतिपूर्ति मागेको छ । त्यसैगरी शैलेश यादवको करेन्ट लागेर मृत्यु भएको थियो । उनलाई पनि सहिद घोषणा र १० लाख क्षतिपूर्ति दिन मोर्चाले माग गरेको छ ।

मोर्चाको मागलाई गृहमन्त्री विमलेन्द्र निधिले स्वीकार गर्दै थप ६ जनाको नाम मन्त्रीपरिषदमा लिने तयारी गरेको छ । कालगतिमा मरेमा ब्यक्तिलाई पनि सहिद बनाउन र राज्यकोषबाट रकम लिन मोर्चाले यस्तो रणनीति बनाएको हो । मोर्चालाई फकाउने नाममा सरकारले उनीहरुको गैरकानुनी कार्यलाई पनि मान्यता दिन थालेको छ । राज्यकोषबाट ६ करोड ८० लाख रकम खर्च हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।