0 COMMENTS

 साउन३२, जाजरकोट ।यहाँको जिल्ला अस्पतालले औषधि लुकाएर बिरामी अन्यत्र रिफर गरेको खुलासा भएको छ ।

जिल्लाको भेरीमालिका नगरपालिका–१ का जसवीर परियारलाई तीन दिनअघि सर्पले टोक्दा घाइते भएपछि जिल्ला अस्पताल पुर्याउँदा सर्प दंशको औषधि छैन भनी रुकुमको चौरजहारीमा पठाइएको थियो । तर चौरजहारीस्थित मेसिन अस्पतालले जाजरकोट जिल्ला अस्पतालबाट नै सर्पदंशको औषधि ल्याएर जसवीरको ज्यान बचाएको खुलासा भएको छ ।

जाजरकोटको जिल्ला अस्पतालमा बिरामी ल्याएर आउँदा भ्याक्सिन छैन चौरजहारी लैजानुहोस भनी डा राजेन्द्र जिसीले बिरामीलाई रिफर गरेका थिए । तर बिरामीलाई आवश्यक पर्ने औषधि जिल्ला अस्पतालबाट नै पूर्ति गराएको खुलासा भएपछि औषधि लुकाएको खुलासा भएको छ ।

अस्पताल आउँदा छैन औषधि भनी हामीलाई फर्काइएको थियो पछि चौरजहारी अस्पतालमा जाजरकोटकै अस्पतालबाट औषधि ल्याएको थाहा भयो, बिरामीका मितभाइ सहदेव बस्नेतले बताए्।

हामीले डाक्टर राजेन्द्र जिसीलाई किन औषधि लुकाएको भनेर सोध्दा जङ्गलको बीचमा अस्पताल छ हामीलाई सर्पले टोक्यो भने चाहिन्छ, हामी कसैलाई दिँदैनौँ, भनेर जवाफ दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।