0 COMMENTS

Kavre-Durghatanaसाउन,३१काभ्रे । काभ्रेको विर्ता देउराली गाविसमा यात्रु बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । दुर्घटनामा चालीस जना घाइते भएका छन् । बस काठमाडाैंबाट काभ्रेको मादनकुडारी जाँदै थियो ।२६ जना घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । तीन जनाको सदरमुकाम धुलिखेलमा उपचार भइरहेको छ ।काठमाडौंबाट कोशीपारी मादनकुँडारी जाँदै गरेको बा ३ ख १०६ नम्बरको बस बिर्ता देउराली -९  खहरेभिरमा दुर्घटना भएको छ उक्त बस  उकालोबाटोमा ब्याक भएर सडकबाट तल भीरमा खसेको थीयाे ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले मृतकको संख्या ३२ पुगेको जानकारी दिएको छ । घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर छ ।घटना दिउँसो एक बजेतिर भए पनि झण्डै एकघण्टापछि मात्रै प्रहरी टोली घटनास्थल पुगेको थियो ।

मृतकको शव संकलन जारी

घाइतेहरुलाई उद्धार गरी अस्पताल पठाएपछि अहिले भीरमा छरिएका मृतकका शव संकलन गर्ने कार्य भइरहेको छ ।निक्कै ठूलो भीरमा शवहरु यत्रतत्र छरिएकाले संकलनमा कठिनाई भइरहेको उद्धारमा संग्लग्न स्थानीय ले जानकारी दिएका छन् ।घाइतेलाई काठमाडौंबाट गएको नेपाली सेनाको हेलिकप्टरले उपचारका लागि काठमाडौं ल्याएको छ ।काभ्रेका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले दुर्घटनाका गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाइएको जानकारी दिए ।त्यस्तै तुलनात्मक रुपमा कम घाइतेहरुलाई अस्पतालसम्म पुर्‍याउन ५ वटा एम्बुलेन्सको प्रयोग गरिएको छ । उनीहरुलाई नजिकैको अस्पतालमा लगिएको छ । 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।