0 COMMENTS
unnamed
सुदिप बुढाथोकी

नेपालको परिस्थितिमा मलाई कहिले काही युवा को वारेमा सोच्दा लाग्छ अब युवा को अर्को नाम खोज्नु पर्यो भने विदेश राख्दा सुहाउदो हुन्छ होला ! किनभने जहा युवाहरुलाई भेट्यो त्यहाँ विदेशको नाम सुनिन्छ ।आज यहाँ भेटेको साथी भोली खोज्दा विदेश पुगिसकेको हुन्छ ।अनि बाँकी जो स्वदेशमा छन् सबै बिदेशकै तयारीमा, अब त साथीहरुलाई भेट्दा पनि के गर्दै छस् ?भनेर सोधे भने उत्तर मा विदेको तयारीमा छु भनेन भने त विदेश जान नसकेर होलापो भन्छन् अनि बाँकी त के–के हो…….

कुरा गरौ यसै बिच आएको विश्व युवादिवस २०६३ को, अलि उत्साहपूर्ण रह्यो । उत्साहपूर्ण यसकारण कि त्यस दिन नेपाल ट्रेड युनियनकंग्रेसक राष्ट्रिय युवा समितिले आयोजना गरेको “विदेशमा हैन स्वदेशमा, युवालाई रोजगारी घरघरमा”भन्ने मुलनाराका साथआयोजित दौड प्रतियोगितामा सहभागी युवालार्ई देखेर, उल्लेख्य सहभागिता त्यसमा पनि श्रमिकयुवाहरु थिए ।लगभग सबै क्षेत्रकायुवा साथीहरुसंग भेटघाट र गफगाफगर्ने मौकामिल्यो । उनिहरुमा देशको चिन्ता स्पष्ट देखिन्थ्यो । उनिहरु आपसमा कुरा गर्दै थिए, “राज्यले हाम्रो कुरानै सुनिदिदैन, खाना–लगाउनपुग्ने ज्यालाको कुरा गर्दा पनि आवाज दवाउनखोज्छन्, देशको राजनीतिक कारण र अन्यकारणले कलकारखाना बन्द हुन्छन् अनित्यसको दोष चाहि श्रमिक र श्रमिक संगठनहरुमा थोर्पछन् । हामी जतिजिम्मेवार भएरकाम गरेको भए  देश कस्तो भैसक्थ्यो !श्रमिकको बारेमाकहिले खोजिनीति सम्मगर्दैन । हामीले त स्वदेशमा नभए विदेशमा गएर पनि देश प्रति को जिम्मेवारी पुरा गरेकै छौं । तर राज्यले हामीलाई हामीले राज्यलाई पुर्याएको योगदानको कदर कहिलै गरेन् ।

हुनपनि भुकम्प पछिको पुनःनिर्माणको कार्य हाम्रा सामु जस्ताको त्यस्तै छ । योे कार्यको लागि आवश्यक श्रम शक्ति दिनदिनै तिब्र गतिमा बिदेश पलाएन भईरहेको छ । उनिहरु देशमै आफ्नो श्रमको प्रयोग गर्न चाहन्छन् । तर यो कुरा राज्यले कहिले बुझ्न चाहन्छ होला ?किनकि यो परिस्थिति सृजना हुनु मा नेताहरु नै दोषि छन् नकिलगानी । यदि सरकारले पुनःनिर्माणको कार्य तिब्र गतिमा संचालनगर्ने हो भने त ठुलो संख्यामा युवाले रोजगारी देशमा नै पाउने थिएनि । पुनःनिर्माणको लागी आवश्यक सहयोग रकम पनि विदेशी दाता ले जुटाइदिएका छन् । अनि यतिजोसिला र सक्षम श्रम शक्ति देशभित्रनै खेर गैरहेका छन् भने अर्को तर्फ पुनःनिर्माण कार्य छिटो छिटो सम्पन्न गर्दा देशभित्रनै रोजगारीको अवसर सृजनाहुने त छदै छ भने अर्को तर्फ विदेशी समुदाय अगाडी नाक ठुलो पर्ने अवसर पनिआखिर यिनै राज्य सन्चालन गर्नेलाईनै मिल्ने थियो । यहि कामको प्राेफाईल देखाएर बैदेशीकलगानी पनि भित्र्याउने अवसर मिन्थ्यो नि । यो अवसर कस्ले बुझिदेला के अब यो देश सधै श्रमिककाे पसीना बाट भीत्रीयकाे रेमिट्यान्सबाट देश सन्चालनगर्नु पर्ने हो त ?अनि के त्यसको बदलामा त्यो श्रमिकले सधै दुर्गति भोग्नुपर्ने हो त ? उसको पिडा कस्ले बुझिदिने हो ?

पकै पनि नेपाल ट्रेडयूनियन कांग्रेस राष्ट्रिय यूवा समितिले विश्व यूवा दिवशको अवसरमा उठाएको नारा र त्यसमा उपस्थित यूवा देखदा त्यस नारा प्रति उनिहरुको भावना जोडिएको पाइयो । उनिहरुमा आशा को किरण नेपाल ट्रेडयूनियन कांग्रेस राष्ट्रिय यूवा समितितर्फ देखिनथ्यो । त्यसकारण यि श्रमिक साथिको आशामा पानि नफलौ, यो आशालाई अझ जगाऔं र राज्यलाई दवाव वढाउ । देश रेमिटेन्सले चल्न त सकछ तर विकास हुन सक्दैन भन्ने कुराको अवगत गराउ र सम्पूर्ण देशका श्रमिकलाई पुनःनिमार्णको महाअभियानमा लगाउदै रोजगारीको सृजना गरौं र सुन्दर नेपालको निमार्ण गरौं ।सुदिप बुढाथोकी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।