0 COMMENTS
nilam
-निगम कार्की

– डा. गोविन्द के. सी ले अनसन सत्याग्रह कार्यक्रम देश र जनताका लागि सकारात्मक दिशा दिने सोचबाट गरेका हुन् । तर उनले देशमा भ्रष्टाचारको जग हाल्ने मन्त्री र राजनेताहरु अनि घुस पद्धति लचिलो कानुन र कडा कार्वाही विहिनता भ्रष्टाचारको मेरुदण्ड हो यसलाई मूल भ्रष्टाचारको विषय बनाएनन् तर भ्रष्टाचार रोक्न कुनै एक ब्यक्तिलाई तोकेर हटाउन आदेश वा अनिवार्य औल्याएका छन् ।

गहकिलो राजनितिक पक्षपोषण र ब्यक्तिगत दाउपेच कसिएको पुरै राजनीतिक सरागम दिने सत्याग्रह बनेपनि अवश्य सरकारलाई स्वास्थ्य सम्बन्धि सचेत गर्न सच्याउँन भोकहडताल सत्याग्रह राम्रो पक्ष देखिन्छ । डा. गोविन्द के. सी स्वास्थय सम्बन्धि डाक्टर भएकोले उनलाई जानकारी भएको स्वास्थ्य क्षेत्रको सुदृढ गर्ने विषय भित्र जन स्वास्थ्य सरोकारका केहि कुरा राम्रो छ । तर डा. गोविन्द के.सी को विभिन्न माग हेर्दा स्वास्थ्य क्षेत्रसंग मात्र सिमित छैन् । देशमा भ्रष्टाचार मुक्त स्वास्थ्य सम्बन्धि सुधारका माग मात्र भन्नु भ्रम हुनेछ ।

हुन त डा. गोविन्द के.सी. जनताको सुविधा र देशको भलाई गर्न सरकारसंग सुधारात्मक माग गर्दै भोकहड्ताल सत्याग्रहमा छन् । यसमा मनै देखि आत्मा खोलेर सलाम र समर्थन गर्नु पर्दछ । तर अनजानमा आफु बढि चर्चामा आउँनलाई हो कि वा कसैसंगको बदला भाव स्थानन्तरण गर्नलाई हो वा कुनै केही अवश्य तरंगित पार्ने दाउपेच भने अवश्य देखिन्छ । त्यसैकारण डा. गोविनद के. सी. को पक्षमा देशै उर्लेन । नत पत्रकारका लेखहरु त्यति समर्थनमा पत्रिकामा उर्लियो न त सडकमा जन सागर उर्लियो । सामान्य आन्दोलन मै सिमित रह्यो । डा. गोविन्द के. सी . लाई सघाउँने र सल्लाह दिनेहरुबाट र पछाडीका अरु धन र बुद्धि प्रयोजन गरिरहेकाहरुले ठुलै आँधिवेरिको आन्दोलन गर्न खोजेका पनि थिए होलान् । बरु डा. गोविन्द के.सी.को सत्याग्रह विरुद्धमा पनि सडक आन्दोलन भएको छ । कतिपय विश्लेषकहरु उनको मागलाई पूर्ण समर्थन गरेका छैनन् पनि ।

यसरी हेर्दा सिधा हिसाबले डा. गोविन्द के. सी.लाई सल्लाह दिनेहरु अवश्य बदलाभाव लिने ब्यक्तिहरु परेका छन् भन्ने बुझिन्छ । भ्रष्टाचारी नेताहरु आफु वा आफ्ना भ्रष्टाचारी प्यानल भ्रष्टाचारबाट बचाई राजनितिक गुट बलियो बनाईरहन चाहन्छन् भने कोही अर्को आयुक्त फेरी आफ्नो प्यानल बिरोधिलाई मात्र भ्रष्टाचारी बनाईं सधैं जनता झक्याएर शक्तिशाली बनिरहुन चाहन्छन् सधैं चोखिएर। डा. गोविन्द के.सी को सत्याग्रहलाई सफल बनाउँन बदला भाव र लाभ लिने ब्याक्तिहरु पर्दा पछाडी कस्सिएर लागि परेका अनुमान गर्न सकिन्छ ।

यसरी यस बखत डा. गोविन्द के. सी . जस्ता स्वच्छ ब्यक्ति र अहिंसा आन्दोलन सत्याग्रहलाई नै दुषित बनाउँने गरी केही भ्रष्टाचारी सरकारी उच्च ओहोदाका देखि नेताहरु सहित कार्वाहीबाट बँच्न र कार्वाही परेकाहरुबाट बदलाभाव लिन डा. गोविन्द के. सी. को अनसन भोकहड्ताल सत्याग्रहको पर्दा पछाडी सघाउँन लागि परेका छन् भन्ने स्पष्ट बुझिन्छ । यसरी भ्रष्टाचारी राजनेता र तिनका मतियारहरुले देश र जनताको धन ब्रह्मलुट त गरे गरे भोकहड्ताल गरी सत्याग्रहलाई समेत बदनाम गर्दै छन् । यसैकारण डा. गोविन्द के. सी को भोकहड्ताल सत्यग्रह आलोचित पनि बनिरहेको छ । किनकि कार्वाही सम्मुख पुगेका भ्रष्टचारी राजनेता र भ्रष्टाचारीहरु उम्रकिने खेल भित्र पनि डा. गोविन्द के. सी. को सत्याग्रह प्रयोग गरिरहेका छन् । धन र सल्लाहको खोलो बगाएर विचरा सकारात्मक भलाई र सोचका सिधा सोझा डा. गोविन्द के. सी. को सत्यग्रहलाई उनकै सल्लाहकारहरले कमाउँने भाडो बनाएका होलान तर डा. गोविन्द के. सी. ले उनका सल्लाहकारहरुका पछाडी दाम खर्च र दाउँ गर्न लगानी गरिरहेका भ्रष्टाचारीबाट दाम कमाएको र भ्रष्टहरुको गलत सल्लाहबाट सत्याग्रह बदनाम भएको थाहा पाउँन सक्नु पर्छ ।

यसरी डा. गोविन्द के. सी को कमजोर पक्ष सत्याग्रह आलोचित बन्यो र बौंद्धिक वर्गमा एकमत एकज्वारले जनताहरु बीच पाउँन सक्ने लोक प्रिय पाएन पनि । जनमत विपक्ष पनि उभियो र डा. गोविन्द के. सी. को सत्याग्रह बिरुद्ध आन्दोलित पनि देखियो । स्वास्थ्य क्षेत्रको सुधारात्मक निमित्तको भोकहड्ताल सत्याग्रह आन्दोलन तर राजनैतिक दाउँपेच भरिपुर्ण देखिन्छ । भ्रष्टचारी मेरुदण्ड नेतालाई मुख्य विषय बनाएका छैनन् । नेताको ईशारामा निर्देशनमा बनाईएको र नीति परिधिमा चल्ने ब्याक्ति राष्ट्रको ठुलो पद ओहदामा भएपनि राजनितिक नेता र सदनबाट पारित विधान नियम नीति अनि राज्यका मन्त्रि प्रधान मन्त्रिहरुको निर्देशनमा चल्नुपर्ने हुन्छ । अझ नेपाल जस्तो भ्रष्टाचारी राजनेताहरु भएको देशमा त नीतिको कुरा भन्दा राजनेताहरुको ईशारामा चलेन भने राज्यका प्रमुख अंग भएपनि टिकन गार्ह्रो पर्छ जागिरबाट हात नै धुनुपर्छ। भ्रष्टचार अग्तियार आयोगले ठुला राजनेताहरु ठुला भनिनेलाई कार्वाही गर्न खोज्दा प्रमुख आयुक्तलाई ज्यान मार्ने भौतिक कार्वाहि गर्ने सम्मको धम्कि र त्रास दिईएको अवगत नै छ ।

यसबाट के बुझ्नु पर्छ भने भ्रष्टाचार गर्ने र भ्रष्टाचार संरक्षक राजनेताहरु नै हुन् भन्ने बुझिन्छ। राजनेताहरु आफुकार्वाहीमा पर्न चाहदैनन् । कार्वाही चाल्ने आयुक्तलाई नै हटाउँने अभियानमा भ्रष्टहरु लाग्छन् । देशलाई भ्रष्टाचार उनमुक्ति दिन अभियान चाल्नेहरुलाई प्रथमतह नासिन्छ । यसैको रणनीति भित्र राज्यका सफल पुरुषहरुलाई टकराएर भ्रष्टचारीहरु सधैं बच्ने जाल बुनिरहेकाछन् । देशमा सकली सोचका अनुहारहरुका अभियान कर्ता लोकमान सिंह र डा. गोविन्दहरु पंगु बनाउँने काम भईरहेको छ ।

(प्रस्तुत लेख लेखकका निजि बिचार हो )प्रकाशन मितिः २०७३ साउन ०९ गते आइतवार ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।