0 COMMENTS

 mandir-2काठमाडौं, ३१ साउन २०७३।साउनको अन्तीम सोमवार पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेहरूको लाखौंको सँख्यामा घुँइचो लागेको छ । अघिल्लो दिन मध्यरातदेखि नै मान्छेहरूको घुँइचो लागेको दर्शनको व्यवस्था मिलाउने काममा खटिरहेका सुरक्षाकर्मीको भनाई छ । जलाभिषेक गर्ने बोलबमका तीर्थयात्रीको ठूलो सँख्या देख्न सकिन्छ भने आमसर्वसाधारणहरू पनि त्यतिकै सँख्यामा  श्रद्धापूर्वक लाइनमा बसेर दर्शन गरेको बताउँछन् । पश्चिममा गौशालादेखि उत्तरमा गौरीघाटदेखि लामो लाइनको ताँती देखिन्छ ।अाज साउन महीनाकाे अन्तीम साेमबार परेकाे हुदा पशुपतिनाथको अलवा देशभरी विभिन्न स्थानहरूमा रहेका शिव मन्दिर एवं तीर्थस्थलहरूमा भक्तजनहरूको भीड लागेकाे देखीन्छ।  पशुपतिनाथको दर्शनभर्नको लागि देश विदेशबाट आएका तीर्थयात्रीहरूको अनुहारमा थकाइभन्दा पनि गौरव देख्न सकिन्छ । बोलबमको मन्त्रलाई उमङ्ग एवं आनन्द र सुखपूर्वक उच्चारण गरिरहेका धेरै दर्शनार्थीहरू खाली खुट्टानै मन्दिरमा अाेहाेर दाेहाेर गरेकाे देखिन्छन् । यो गर्मीमा बालकदेखि बृद्धसम्म अवस्थाका गेरु रङ्गको कपडा पर्हिएका, पशुपतिलाई जलाभिषेक गर्न जलको भाँडा बोकेर खाली खुट्टामा रहेका यस्ता भक्तहरूको उपस्थिति आनन्ददायक एवं गहिरो आस्था र श्रद्धापूर्ण देखिन्छ ।याे दृष्य नीयाल्दा लाग्छ राज्यले धर्म र धार्मिक क्षेत्रलाई वेवास्ता गर्न थालेपछि नेपाली मनमस्तिष्कमा धार्मिक आस्था एवं भावना झनै  बढ्दै गएको र नेपाली जनता धर्मनिरपेक्षता पट्कै चाहदैनन् भन्ने अडकल सहजै लगाउन सकीन्छ।  

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।