0 COMMENTS

Nebisangh Flagकाठमाडौं, ३० साउन । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशनका क्रममा देखिएको विवादले झडपको स्थिति पैदा गरेको छ । यसक्रममा आइतबार काँग्रेस पार्टी कार्यालय सानेपामा झडप भएको छ ।

प्रतिनिधिका विषयमा विवाद चर्किएपछि नाराबाजीमा उत्रिएका विद्यार्थीविरुद्ध प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरी कारबाहीको विद्यार्थीहरुले प्रतिकार गरेका थिए ।

यसक्रममा प्रहरी र केही विद्यार्थी घाइते भएका छन् । सुरक्षामा खटिएका एक प्रहरीको टाउकोमा चोट लागेको छ ।

फर्जी प्रतिनिधि खारेज गर्नुपर्ने माग गर्दै नेता रामचन्द्र पौडेल निकट विद्यार्थीहरु नाराबाजीमा उत्रिएका थिए । महाधिवेशन भृकुटीमण्डपमा चलिरहेको हो । तर, विवाद लम्बिएपछि नयाँ नेतृत्व चयनसहितको प्रक्रिया पार्टी मुख्यालय सानेपामा अघि बढेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।