0 COMMENTS

indexसनातन धर्ममा गायत्री मन्त्रकाे धेरै ठूलाे महत्व रहेकाे छ । के बालक के महिला के वृद्ध हरेक दिन गायत्री मन्त्रकाे नित्य निरन्तर पाठ गर्दछन् । हाम्रा विद्यालय र कार्यालयहरूमा पनि प्रार्थना समयमा बिस्तारै गायत्री मन्त्रकाे प्रयाेग दिनानुदिन बढ्दै गइरहेकाे छ । गायत्री मन्त्र यस्ताे दिव्य मन्त्र जसकाे उल्लेख वेद, पुराणमा मात्र हाेइन हाम्रा हरेक धार्मिक ग्रन्थमा पाइन्छ । गायत्री मन्त्रकाे महिमा अपरम्पार छ । महापुरूषहरूले यस मन्त्रकाे प्रति दिन उच्चारण लाभदायक हुने बताएका छन् । २४ अक्षरकाे याे मन्त्र सनातन धर्ममा अनमाेल र दिव्य फलदायक मानिन्छ । वेद माता गायत्रीकाे यस मन्त्र निकै कल्याणकारी छ, साथै यसकाे उच्चारणले मात्रै पनि हाम्राे मनमा एक प्रकारकाे प्रसन्नताकाे भाव सञ्चार गराउँछ ।त्यसैले अाउनुहाेस् गायत्री मन्त्रकाे बारेमा विस्तृत जानकारी हासिल गराैँः

ॐ भूर्भव: स्व: तत्स वितुर्वरेण्यं भर्गोदेवस्य धीमहि धियो योन: प्रचोदयात् ।।

ॐ- ब्रह्म         भू:-प्राणस्वरूप                  भुव-दुख नाशक                              स्व-सुख स्वरूप तत्-त्याे         सवितु-तेजस्वी                    र्वरेण्यं-श्रेष्ठ                                 भर्गाे-पापनाशक

देवस्य-दिव्यलाइ                                  धिमहि-धारण गर्न                       धियाे-बुध्दिले      याे-जाे                                                      न:-मलार्इ                          प्रचाेदयात्-प्रेरित गराेस

वेदमाता गायत्री आदिशक्ति हुन्। ज्ञान शक्ति रूप माता गायत्रीकाे स्मरण मात्रैले पनि सांसारिक जीवनका सबै किसिमका कष्टहरूबाट मुक्ति मिल्छ र जीवनका हर मनोरथ पूरा गर्छ भन्ने अाम विश्वास छ। त्यसैले गायत्री माताकाे ध्यान र उपासनाका लागि गायत्री मन्त्रकाे अत्यन्तै प्रभावकारी मानिएकाे छ ।
कहिले र कसरी गायत्री मन्त्र जप गर्दा फलदायी हुन्छ त ?

मंत्र, श्लोक वा स्त्रोत जपकाे शुभ फल त्यतिबेला मात्रै सम्भव हुन्छ जतिबेला त्यसका लागि नियत समय, नियम र मर्यादाकाे अक्षरशः पालना गरिएकाे हुन्छ । गायत्री मन्त्रकाे जपका लागि पनि त्यस्तै नियत समय र नियम शास्त्रमा बताइएकाे छ । अब हेराैँ, गायत्री मन्त्रकाे जप कतिबेलादेखि कतिबेलासम्म गर्दा प्रभावकारी हुनेछ –

– यथासम्भव गायत्री मन्त्रकाे जप कुनै नदी वा तीर्थकाे किनारमा, घर बाहिर एकान्त स्थान वा शान्त वनमा अत्यन्त प्रभावकारी हुन्छ ।

– यसै गरी साँझपख सूर्य अस्त हुनुभन्दा पहिले सन्ध्या कर्म र गायत्री मन्त्रकाे जप सुरू गरेर अाकाशमा तारा नउदाएसम्म गर्नुपर्छ ।

– धार्मिक दृष्टि अनुसार प्रातःकालमा उभिएर गरिएकाे सन्ध्याकर्म र गायत्री जपले रातकाे पाप तथा दोषबाट मुक्ति मिल्दछ ।

– त्यसरी नै साँझमा बसेर गरिएकाे सन्ध्या कर्म र गायत्री जपले दिनमा भएकाे दोष र पाप नष्ट हुन्छ।
दुनियाँका सारा धर्म छन्, गायत्रीमा

वास्तवमा हरेक धर्म प्रेम, मानवता र भातृत्वकाे सन्देश बाेकेर सुरूवात भएका थिए आज तिनकै नाममा हिंसा र कटुता फैलिरहेकाे छ। त्यसैले आज एउटा यस्ताे विश्व धर्मकाे आवश्यकता महसुस भइरहेकाे छ जसले मानिस मानिसबीचकाे पुलकाे काम गराेस्। हरेक धर्ममा यस्तै किसिमका अादर्श र प्रार्थनाहरू छन् जसले सबै धर्मलार्इ प्रतिनिधित्व गर्दछ। हिन्दुहरूकाे गायत्री मन्त्र एउटा यस्तै प्रार्थना जुन हर धर्मकाे सार हाे। अाउनुहाेस् एकपटक हेराैँ:-

हिन्दू – ईश्वर प्राणाधार, दु:खनाशक तथा सुख स्वरूप छन्। हामी प्रेरक देवकाे उत्तम तेजकाे ध्यान गराैँ। जो हाम्राे बुद्धिलार्इ सन्मार्गमा हिँडाउन पवित्र प्रेरणा दिउन्।

इसाई – हे पिता, हाम्राे परीक्षा नलिनुहाेस् तर खराबीबाट बचाउनुहाेस् किनभने राज्य, पराक्रम तथा महिमा सदा तपार्इँकै हाे।

इस्लाम – हे अल्लाह, हामी सधैं तपार्इँकै वन्दना गर्छाैँ तथा तपार्इँकै सहायता चाहन्छाैँ। हामीलार्इ असल मार्ग देखाउनुहाेस्, ती मानिसकाे बाटाे जाे तपार्इँका कृपापात्र बने । ती व्यक्तिहरूकाे मार्ग हाेइन जाे तपार्इँका कोपभाजन बने तथा पथभ्रष्ट भए।

सिख – ओंकार (ईश्वर) एक हुनुहुन्छ। उहाँकाे नाम सत्य हाे । उहाँ सृष्टिकर्ता, समर्थ पुरुष, निर्भय, र्निवैर, जन्मरहित तथा स्वयंभू हुनुहुन्छ ।उहाँलार्इ गुरू कृपाबाट जान्न सकिन्छ ।

यहुदी – हे जेहोवा (परमेश्वर) अाफ्नाे धर्मकाे मार्गमा मेराे पथ-प्रदर्शन गर्नुहाेस्, मलार्इ अगाडिकाे अाफ्नाे सिधा मार्ग देखाउनुहाेस् ।

यहुदी – हे जेहोवा (परमेश्वर) अाफ्नाे धर्मकाे मार्गमा मेराे पथ-प्रदर्शन गर्नुहाेस्, मलार्इ अगाडिकाे अाफ्नाे सिधा मार्ग देखाउनुहाेस् ।

पारसी – उहाँ परमगुरु (अहुरमज्द-परमेश्वर) अाफ्नाे ऋत तथा सत्यका भण्डारका कारण, राजा समान महान् हुनुहुन्छ। ईश्वरका नाममा गरिएकाे परोपकारबाट मनुष्य प्रभु प्रेमकाे पात्र बन्छ।

दाओ (ताओ) – दाओ (ब्रह्म) चिन्तन तथा पकडभन्दा पर हुनुहुन्छ। केवल उहाँका अनुसार आचरण नै उत्तम धर्म हाे।

जैन – अर्हन्तोंलार्इ नमस्कार, सिद्धहरूलार्इ नमस्कार, आचार्यहरूलार्इ नमस्कार, उपाध्यायहरूलार्इ नमस्कार तथा सबै साधुहरूलार्इ नमस्कार ।

बौद्ध धर्म – म बुद्धकाे शरणमा जान्छु, म धर्मकाे शरणमा जान्छु, म संघकाे शरणमा जान्छु।

कनफ्यूशस – तिमि अरूप्रति त्यस्ताे व्यवहार नगर, जस्ताे उनीहरूबाट तिमीप्रति नहाेस् भन्ठान्छाैँ ।

बहाई – हे मेराे ईश्वर, म के कुरामा साक्षी बस्छु भने तपार्इँले मलार्इ तपार्इँलार्इ चिन्न र तपार्इँकाे पूजा गर्न उत्पन्न गर्नुभएकाे हाे । तपार्इँभन्दा अतिरिक्त अन्य कोही परमात्मा छैन। तपार्इँ नै भयानक संकटबाट तारनहार तथा स्व निर्भर हुनुहुन्छ।

चौबीस अक्षरमा अटाएकाे छ सिंगाे ब्रह्माण्ड…

गायत्री मन्त्रकाे महानता, शक्ति र प्रभाव अनन्त छ। वेद, पुराण, सबै धर्म शास्त्र, ऋषि-मुनि, गृहस्थ-वैरागी, स्त्री-पुरुष आदि समान रूपले गायत्रीकाे महानतालार्इ स्वीकार गर्दछन्। आखिर के रहस्य छ याे चौबीस अक्षरकाे सानाे मन्त्रमा? गायत्रीका २४ अक्षरमा अनन्त ज्ञान भरिएकाे छ। जुन ज्ञान गायत्रीकाे गर्भमा लुकेकाे छ, त्यसलार्इ यदि मनुष्यले राम्राेसँग बुझ्ने र त्यसलार्इ अाफ्ना जीवनमा व्यवह्रत गर्याे भने उसकाे लोक-परलोक दुबै सुख-शान्तिले भरिन्छ।

सर्वेश्वर परमात्मा ‘ऊँ’ हाे। ‘भू:’ प्राण तत्व हाे, जुन समस्त प्राणीहरूमा ईश्वरकाे अंश हाे।संसारमा समस्त दुःखहरूकाे नाशक नै ‘भुव:’ हाे। ‘स्व:’ शब्दले मनकाे स्थिरताकाे बोध हुन्छ। ‘तत्’ शब्दले जीवन-मरणकाे रहस्यलार्इ जनाउँछ। ‘सवितु’ ले मनुष्यलार्इ सूर्य समान बलवान र तेजस्वी बनाउँछ। ‘वरेण्यं’ ले मनुष्यलार्इ श्रेष्ठता तर्फ लैजान्छ। ‘भर्गो’ ले मनुष्यलार्इ निष्पाप गराउँछ। ‘देवस्य’ ले मरणशील मनुष्य पनि देवत्व प्राप्त गरेर अमर हुन सक्छ भन्ने सन्देश दिन्छ। ‘धीमिहि’ले मनुष्यलार्इ पवित्र शक्तिहरू धारण गर्न उत्प्रेरित गर्छ। ‘धियो’ काे संकेत के हाे भने शुद्ध बुद्धिले नै सत्यलार्इ जान्न बुझ्न सकिन्छ । ‘योन:’ मनुष्यकाे आवश्यकता अनुसार अाफ्नाे न्यूनतम शक्तिहरू प्रयोग गर्ने प्रेरणा दिन्छ र अरू बाँकी जति छोड्ऩे शक्ति दिन्छ। ‘प्रचोदयात्’ ले मनुष्य स्वयंलार्इ तथा अन्यलार्इ पनि सत्यकाे मार्गमा हिँड्ने प्रेरणा दिन्छ।
गायत्रीका पाँच मुखकाे रहस्य..

धार्मिक पुस्तकहरूमा कतिपय अाश्चर्यजनक प्रसंग तथा राेचक वृतान्त पढ्न पाइन्छ। लाखाैँ-करोडाैँ देवी-देवता, स्वर्ग-नर्क, आकाश-पाताल, कल्पवृक्ष, कामधेनु गार्इ, इन्द्रलोक….अरू पनि के के हाे के के। ती आश्चर्यजनक विषयहरूकाे यदि हामीले शाब्दिक अर्थ निकाल्ने हाे भने पनि हामी कुनै पनि निर्णयमा पुग्न सक्दैनाैँ । त्यहाँ अधिकांश घटनाहरूकाे वर्णन प्रतीकात्मक शैलीमा गरिएकाे हुन्छ । गायत्रीका पाँच मुखहरूकाे आश्चर्यजनक र रहस्यात्मक प्रसंग पनि ठिक त्यस्तै प्रकारकाे प्रतीकात्मक प्रस्तुति हाे। याे सम्पूर्ण ब्रह्माण्ड जल, वायु, पृथ्वी, तेज र आकाशजस्ता पाँच तत्वहरूबाट बनेकाे छ । संसारमा जति पनि प्राणी छन्, उनीहरूकाे शरीर पनि त्यही पाँच तत्वहरूबाट निर्मित छ। यस पृथ्वीमा प्रत्येक जीवका भित्र गायत्री प्राण-शक्तिका रूपमा विद्यमान छ। यी पाँच तत्व नै गायत्रीका पाँच मुख हुन्। मनुष्यकाे शरीरमा तिनै मुखलार्इ पाँच कोश भनिन्छ। ती पाँच कोशहरू क्रमशः यसप्रकार छन्:-

– अन्नमय कोश

– प्राणमय कोश

– मनोमय कोश

– विज्ञानमय कोश

– आनन्दमय कोश

यी पाँच कोश अर्थात् भण्डार, अनन्त ऋद्धि-सिद्धिहरूकाे अक्षय भण्डार हाे। यिनलार्इ पाएर कुनै पनि मनुष्य वा जीव सर्वसमर्थ हुन सक्छ। योग साधना मार्फत् यिनलार्इ जान्न सकिन्छ, पहिचान गर्न सकिन्छ। यिनलार्इ सिद्ध गरेर वा जाग्रत गरेर जीव संसारका समस्त बन्धनहरूबाट मुक्त हुन सक्छ। जन्म-मृत्युकाे चक्रबाट छुटकारा मिल्दछ। जीवकाे ‘शरीर’ अन्नबाट, ‘प्राण’ तेजबाट, ‘मन’ नियंत्रणबाट, ‘ज्ञान’ विज्ञानबाट तथा कलाबाट ‘आनन्दकाे श्रीवृद्धि हुन्छ। गायत्रीका पाँच मुख यिनै तत्वहरूकाे प्रतीक हाे। अाधुनिक हुने नाममा हामीले भुल्दै जान थालेकाे गायत्री जपका बारेमा जानकारी गराउने पवित्र उद्देश्यले याे अालेख चर्चित भारतीय ब्लगहरूकाे सन्दर्भ लिएर तयार गरिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।