0 COMMENTS

साउन २९, काठमाडौं । चीन र नेपाल जोड्ने मुस्ताङस्थित कोरला नाका केही दिनका लागि फेरि खुल्ने भएको छ ।

वर्षमा दुईपटक नाका खुलाउने परम्पराअनुसार नै फेरि नाका खुला हुन लागको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले जानकारी दिएको आजको अन्नपूर्णमा समाचार छ ।

‘सीमाको गेट भदौ ४ गतेबाट खोल्ने भनिएको छ, अधिकारीले भने, ‘अहिलेचाँहि चिनियाँहरु आएर व्यापारिक मेलाका लागि स्टलबनाउँदैछन् । उनीहरुले गेट खोले पनि नेपाली र उताका स्थानीयको आउजाउ छैन । उनका अनुसार भदौ ४ बाट दुई हप्ताका लागि गेट खोल्न दुईपक्षीय कुराकानी भएको थियो ।हिउँद याममा हिउँकै कारण स्थानीयलाई हिँडडुलमा समस्या हुने हुँदा अहिल्यै नाका खाेल्न लागीएकाे र चीनीया हरूले  किनमेलका लागी स्थानीय हरूलार्इ पनी डाकि सकेकाे कुरा स्थानीय हरूले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।